प्रधानमन्त्री ओली एक्कासी किन पुगे राष्ट्रपति निवास ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास पुगेका छन्। उनी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति निवास पुगेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच सितल निवासमा भेटवार्ता भएको जनाइएको छ ।

राष्ट्रपति भण्डारीले जारी गरेका दुई अध्यादेशप्रति चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीले यहि बिषयमा छलफल गर्न राष्ट्रपति निवास पुगेको बताइएको छ । भेटवार्तामा दुई अध्यादेश मध्ये राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गराउन ओली राष्ट्रपति निवास पुगेको अनुमान लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *