चिनियाँ राष्ट्रपतिको नेकपालाई सन्देश: अहिले कोरोनासँग लड्नुस, कुर्सीका लागि पछि लडौंला…हेर्नुहोस् ।

आन्तरिक विवाद र गुटगत राजनीतिको शिकार बनेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक चलिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबिच पार्टी र सरकारको नेतृत्वलाई लिएर ।

तिव्र ध्रुवीकरणको अवस्था छ ।केपी शर्मा ओलीलाई प्रधान मन्त्री पदबाट हटाउने कि यथावत राख्ने भन्नेमा पार्टीका दुई खेमा सांसद तानातानको स्थितिमा पुगेका हुन् ।

प्रचण्ड माधव नेपालसहितको एक पक्षले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई दुवै पदबाट हटाउनुपर्ने र प्रधानमन्त्री ओली समूहले अहिलेको ।

आवश्यकता केपी ओली नै भएकोले कुनै हालतमा हटाउन नमिल्ने भन्दै हस्ताक्षर अभियान चलाइरहेका छन् ।प्रचण्ड माधव नेपाल खेमाले प्रधान मन्त्रीकाविरुद्ध ।

हस्ताक्षर अभियान चलाएको थाहा पाएपछि आफूहरु पनि प्रधानमन्त्रीलाई हटाउन नहुने भन्दै एकतावद्ध भएको प्रधानमन्त्री निकट सांसदहरुले बताएका छन् ।

पछिल्लो समय नेपालको राजनीतिमा चासो राख्दै आएको छिमेकी देश चीनले नेपालको राजनीतिक खिचातानी बढ्न थालेपछि कुटनैतिक च्यानल मार्फत नेताहरूलाई सन्देश दिएको बुझिएको छ ।

काठमाडौस्थित चिनियाँ दूतावासको रिपोर्ट बेइजिङ पुगेपछि पुगेपछि सी आफैंले चासो दिदैं सत्तारूढ नेकपाका नेताहरू सहित प्रधानमन्त्री ओलीलाई ।

राष्ट्रपति सीले अहिले कुर्सीका लागि लड्न तिर नलागेर कोरोना सँग लड्न एकजुट हुन सन्देश पठाएको स्रोतको दावी छ । यस्तै बुधबार अपरान्ह नेकपाका वरिष्ठ नेता ।

माधवकुमार नेपाल सँगको भिडियो वार्तामा समेत अन्तराष्ट्रिय विभाग प्रमुख सङ ताओले पनि नेपाललाई राष्ट्रपति सी को सन्देश सुनाउँदै आन्तरिक विवाद कम गर्न आग्रह गरेको बुझिएको छ ।

अहिलेको अवस्थामा नेकपा विभाजन हुने अमेरिकी र भारतीय समर्थनमा सरकार बन्ने खतरा देखिएपछि सीले नेपालको राजनीतिलाई नियालिरहेको बताइन्छ ।

यस्तै यस्तै ताजा खबर समाचार र लेखहरु पढ्नको लागि Daily News Nepal लाई लाइक फलो गर्नुहोस् ।👇👇👇👇

Leave a Reply

Your email address will not be published. Required fields are marked *