मलाई २ वर्ष मात्रै प्रधानमन्त्री बनाए १० वर्षमा चीनलाई उछिन्छौं : बामदेव गौतम

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा को’रोना भा’इरसको महामा’री सकिएपछि ।उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन् । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्रस्ताव छ ।

को’रोना भाइ’रसको संक’ट सकिएपछि आफूले प्रधानमन्त्री छाड्ने र उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे । यसका लागि राष्ट्रिय सभा सदस्य पनि ।प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर पनि ल्याउन आफू तयार रहेकेा उनले बताए ।

यसै सन्दर्भमा नेकपा उपाध्यक्ष बामदेव गौतमले केही समय अगाडी भनेको एक समाचार यहाँ राख्न चाहन्छौं । उनले भनेका थिए “मलाई २ वर्ष मात्रै प्रधानमन्त्री बनाए १० वर्षमा चीनलाई उछिन्छौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका संगठन विभाग प्रमुख वामदेव गौतमले आफुलाई प्रधानमन्त्री दिए दुई वर्ष मै समाजवाद ल्याउने बताएका छन् ।
आइतबार ‘विश्व व्यवस्था र चीन स् नेपालमा समाजवादको सम्भाव्यता’ विषयमा काठमाडौंमा आयोजित कार्यशालामा बोल्दै नेता गौतमले ।

अबको ५ वर्षमै नेपालमा समाजवाद आउन सक्ने दाबी गर्दै आफुलाई २ वर्ष प्रधानमन्त्री बन्न दिएमा झन् छिटो समाजवाद ल्याइदिने जिकिर गरेका हुन् ।‘५ वर्षमा नेपालमा समाजवाद आउँछ । १० वर्षमा समृद्धि र विकासमा चीनलाई उछिन्छौं’, काठमाडौंमा आयोजित कार्यक्रममा राजनीतिक विश्लेषक डाक्टर ।

खगेन्द्र प्रसाईंले प्रस्तुत गरेको कार्यपत्रमा टिप्पणी गर्दै उनले भने, ‘मलाई दुई वर्ष मात्रै प्रधानमन्त्री बनाए झन् छिटो ५ वर्षमा नेपालमा समाजवाद आउँछ ।

१० वर्षमा समृद्धि र विकासमा चीनलाई उछिन्छौ । त्यो ग्यारेन्टी नेकपालले लिनु पर्छ ।नेपालमा समाजवाद अवश्यम्भावी छ । नेता गौतमले आफ्नो पार्टीको दस्तावेजमा असहमति यथावत रहेको जिकिर गरे । ‘नेकपाको दस्तावेजमा उल्लिखित ।

जनताको जनवादमा र विधानमा असहमति छ’ उनले भने । नेपालमा समाजवाद हवाई ।कल्पना मात्रै नभएको उनको जिकिर थियो । उनले यसो भन्दा कार्यक्रममा अन्य टिप्पणीकर्ता र सहभागीहरु हाँसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *