कोरोना भाइरस: ह्यारी पोटर उपन्यासकी लेखिकाद्वारा १० लाख पाउन्ड दान…हेर्नुहोस् ।

लकडाउनका बेला जोखिममा रहेका मानिसहरूलाई सहयोग गर्दै आएका परोपकारी संस्थाहरूलाई लोकप्रिय उपन्यास ‘ह्यारी पोटर’की लेखिका जेके रोलिङले १० लाख पाउन्ड दान दिने भएकी छन्।

त्यसमध्ये आधा रकम घरविहीन मानिसहरूलाई सहयोग गर्ने संस्था र आधा घरेलु दु’र्व्यवहारका पी’डित महिलाहरूलाई सहयोग गर्ने संस्थालाई दिइने छ।

उपन्यासको एउटा महत्त्वपूर्ण दिनको सन्दर्भ पारेर रोलिङले सामाजिक सञ्जाल ट्विटरमार्फत् त्यस्तो घोषणा गरेकी हुन्।
शनिवार उनको उपन्यासमा उल्लेख गरिएको एउटा प्रमुख घट’नाको वार्षिकोत्सव थियो।

ट्विटरमा शनिवार उनले लेखेकी छन्,”ब्याटल अफ हगवार्ट्सको आज २२औ वार्षिकोत्सव हो। तर म इमान्दारीसाथ भन्न चाहन्छु कि काल्पनिक मृ’त्युका बारेमा कुरा गर्नु अनु’चित हुन्छ।”

उपन्यासको उक्त घटना एउटा यु’द्धबारे हो र त्यसमा धेरै मा’रिएका थिए। रोलिङले भनिन्,”वास्तविक संसारमा धेरैले आफ्ना प्रियजनहरू गुमा’इरहेका छन्।”

एडिन्बरामा बस्दै गरेका बेला ह्यारी पोटरका धेरै कथाहरू लेखेकी रोलिङका अनुसार घरविहीन कैयौँ असुरक्षित वा दु’र्व्यवहार सहन बाध्य मानिसहरू यो बेला चरम दु:ख पाइरहेका छन् र उनी तिनलाई सहयोग गर्न चाहन्छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *