‘नक्सा बनायौं अब जमिन फिर्ता ल्याउँछौ ‘ – ‌मन्त्री अर्याल…हेर्नुहोस!

भूमि व्यवस्था, सहकारी तथा ग,रिबी नि,वारण मन्त्री पद्‍माकुमारी अर्यालले सी,मा विज्ञ, नागरिक समाज तथा सी,माको नापनक्सांकन गर्ने प्राविधिक कार्यालय ना,पी विभागका पूर्व महानि,र्देशकहरुसँग आज (मंगलबार) मन्त्रालयमा छलफल गरेकी छन्।

नेपालले आफ्नो तर्फबाट नक्सा सार्वजनिक गरिसकेपछि छिमेकी मुलुक भारतसँग वार्तामा बस्दा कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा छलफल गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले नक्सा बनाइसकेपछि अब कसरी अगाडी बढ्ने भन्ने सन्दर्भमा सु,झाव लिन का,र्यक्रमको आयोजना गरिएको भन्दै यसअघि वि,ज्ञहरुका तर्फबाट भएको सु,झावरसहयोगका नि,म्ती धन्यवाद समेत ज्ञापन गरिन्।‘हामीले नक्सा बनायौं। अब जमिन फिर्ता ल्याउन बाँकी छ। वार्तामा बस्‍ने वाताबरण बनेपछि उच्च तहबाट वार्ता गरेर जाने भन्ने मनसायले नै हामी अगाडि बढेका हौं। हाम्रो भूमी फिर्ता ल्याउँछौं’ मन्त्री अर्यालले भनिन्।

भूमि नै फिर्ता ल्याउनका निम्ती कसरी अगाडि बढ्‍ने भन्‍ने विषयमा छलफल आयोजना गरिएको भन्दै मन्त्री अर्यालले सरोकारवाला विज्ञ र राज्यपक्ष दुवै हामी एउटै हो भनेर एकमना आवाजका साथ अगाडि बढ्न आग्रह गरिन्। ‘सरकारले स्वीकृत गरेको नक्सालाई एकमुष्ठ रुपमा एक आवाज लिएर अगाडी बढौं’, मन्त्री अर्यालले भनिन्, ‘यहाँहरुले सरकारलाई धेरै सहयोग गर्नुभएको छ। हामीलाई अझ धेरै सहयोगको आवश्यकता छ। हामी थप सहयोगका निम्ती आ,ग्रह गर्दछौं।’कार्यक्रममा बोल्दै सरोकारवाला वि,ज्ञहरुले भारतलाई अन्तर्राष्ट्रिय मञ्‍चमा सिधै ल्याउने बातावरण बनाउन सक्नुपर्ने र त्यो राज्यको माथिल्लो तहबाटै हुनुपर्ने बताएका छन्। उनीहरुले अबका दिनमा कसरी अगाडि बढ्ने भन्‍ने सन्दर्भमा सबै ए,कजुट भएर अहिले नेपाल सरकारले निकालेको नक्सा नै आधिकारिक हो भनेर एक आवाजका साथ जानुपर्ने बताए।

नेपालका तर्फबाट सबै सहयोगी द,स्तावेजहरु सं,कलन गर्नुपर्ने र गलत द,स्तावेजलाई स्किप गर्नुपर्ने उनीहरुको भनाइ थियो। हाम्रो सीमाना यो हो भनेर एथेष्ठ प्रमाणहरु संकलन गरेर भारतसँग वार्ता गर्नुपर्ने भन्दै उनीहरुले लिम्पियाधुराको सिमानामा भर्खरै सरकारले शसस्त्र प्र,हरी पोष्ट स्थापना गरेपनि त्यति मात्रले नपुग्‍ने र सीमानामा नेपाली सेनाको नै उपस्थिती गराइनुपर्ने बताएका थिए। प्राविधिक रुपमा बलियो भएर नेपालको तर्फबाट वार्तामा जानुपर्ने वि,ज्ञहरुले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *