‘ मोदि ज्युले इतिहास बिर्सेकै हो त ?? बिर गोर्खालीले अङ्ग्रेजलाई लखेटेको, त्यसैले अब सिमा क्षेत्र बाट सेना लिएर जानुह‍ोस्।’ – रबि थापा

रबि थापा,स्याङ्जा
छिमेकी शब्द जुन सुन्दा पनि कति राम्रो लाग्छ ,जुन शब्दमा माया हुन्छ ,सहयोग हुन्छ ,दुख ,सुखको सहारा हुन्छ ,जस्तै शत्रु सँग लड्न सक्ने क्षमता हुन्छ ।तर कहिलेकाही तिनै छिमेकीले यसरी मन दुखाउछन् कि कहिले पनि उसको आखामा आखा जुधाएर हेर्न मन लाग्दैन ।त्यसै गरि यति बेला हाम्रो छिमेकी भारतले पनि हाम्रो मन यसरी दुखाएको छ कि कहिले पनि उसको आखामा आखा जुधाएर हेर्न मन नलाग्ने गरि दुखाएको छ।

मोदी ज्यु हामी अर्थतन्त्रको हिसाबमा पक्कै पनि गरिब छौ ,दुर्बल छौ ,तर बलको हिसाबमा पक्कै पनि शक्तिशाली छौ ।त्यसैले सिमा क्षेत्र बाट आफ्नो सेना लिएर जानुहोस् ।जब अंग्रेजहरूले तपाईंको देशमा राज गर्न खोजेको थियो नि हो त्यति बेला हाम्रा नेपालीहरूले छिमेकी राष्ट्र भनेर आफ्नो ज्यान दाउ राखेर हजुरहरूको मुलुक जोगाइ दिएका थिए ।

आज म भारतिय प्रधानमन्त्री ज्युलाई केही कुरा बिन्ती गर्छु ,हे नरेन्द्र मोदी ज्यु किन हामी स्वाभिमानी नेपालीहरूलाई बारम्बार दुख दिनु भएको छ तपाईलाई एकदम राम्रो सँग थाहा छ लिम्पेअधुरा ,लिपुलेक ,कालापानी जस्ता ठाउँहरू नेपालका हुन भनेर फेरि किन बारम्बार गिद्दे नजर लगाउनु भएको छ ।तपाईहरूले भन्ने गर्नुहुन्छ नि कस्मिर मागे चिर दिन्छौं भनेर अनि के हाम्रो कालापानी ,लिम्पेअधुरा जस्ता ठाउहरू यसै आएका हुन र पुर्खाहरूले पानीको घुड्की नखाई बचाएको ठाउँ हो त्यसैले तपाईहरूको केही अधिकार छैन त्यस ठाउँमा पाइला राख्ने। तपाईहरू जस्ता कायर् हरूलाई के थाहा माटोको माया के हो भनेर।मोदी ज्यु हामी अर्थतन्त्रको हिसाबमा पक्कै पनि गरिब छौ ,दुर्बल छौ ,तर बलको हिसाबमा पक्कै पनि शक्तिशाली छौ ।त्यसैले सिमा क्षेत्र बाट आफ्नो सेना लिएर जानुहोस् ।जब अंग्रेजहरूले तपाईंको देशमा राज गर्न खोजेको थियो नि हो त्यति बेला हाम्रा नेपालीहरूले छिमेकी राष्ट्र भनेर आफ्नो ज्यान दाउ राखेर हजुरहरूको मुलुक जोगाइ दिएका थिए ।कति छिटो भुल्नु भएको तपाईहरूले ।जुन कस्मिर तपाईहरूले हाम्रो हो भनेर चर्को आवज गर्नु भएको छ नि त्यो सब नेपालीले नै दिलाएका थिए।तर अहिले आएर तिनै नेपाली सेनालाई लात हान्नु हुन्छ ,कति हेपेको हामी नेपालीहरूलाई कहिले तपाईंका सञचारकर्मी हरूले हेपेका छन् ,कहिले तपाईका नागरिकले हेपेका छन् ।तर यो नसोच्नुहोस् कि हामी कमजोर छौ भनेर ,नेपालीहरूले सम्मान गर्न जानेका छन् ,कसैको अपमान गर्न जानेका छैनन् त्यसैले सम्मानका साथ काम गर्नुस तपाईहरूले पनि।तपाईहरूले सायद भुलि सक्नु भएको होला अंग्रेजहरूसँग नेपालीहरूले ल’डेको कहानी एक पटक नेपाली इतिहास राम्रोसँग पढ्नुहोला सम्झना हुन्छ ।अझै पनि पुर्खाको रगत आम नेपालीमा बगेको छ रिस नउठाउनु होस्।मोदी ज्यु कुनै पनि इतिहासिक पुस्तकहरूमा त्यी सिमा क्षेत्र तपाईंको नक्सामा रहेको छैन।त्यसैले खुशी खुशी आफ्ना सेनाहरू लिएर त्यहाँबाट जानुहोस् ,नत्र नेपालीहरूले फेरि इतिहास दोराउनु पर्ला।

यता नेपालको कुरा गर्नु पर्दा हाल समयमा गरेको काम निकै गर्व गर्ने खालको छ ।सोमबार मात्र प्रधानमन्त्री ज्युले कालापानी जस्ता सिमाहरू राखेर नयाँ नेपालको नक्सा मन्त्री परिषद बाट पारित गर्नुभएको छ ।उहाँले भन्नुभएको छ अब नेपालको सबै सरकारी कार्यलय देखि ,सम्पूर्ण ठाउँहरूमा नेपालको नयाँ नक्सा कार्यनयन हुन्छ भनेर ,प्रधानमन्त्री ज्यु निकै साहासी काम गर्नु भएको छ तपाईंले यो निर्णय एकदम राम्रो छ र सारा नेपालीले तपाइँलाई सलाम गरेका छन्।तर यो खुसी केही समयको लागि मात्र नहोस् प्रधानमन्त्री ज्यु ।ठिक छ तपाईहरूले मिचिएका सिमालाई पनि नक्सामा त राख्नुभयो तर मात्र नक्सा बनाएर केही हुनेवाला छैन जाबो नक्सा त दुई कक्षामा पढ्ने बालक पनि बनाउन सक्छ ।अब हामी नेपालीहरूले भुमि छिटोभन्दा छिटो पाउनु पर्यो ।यो नसोच्नुहोस् कि नक्सा बनाएर हामी नेपालीहरू खुशी हुन्छौं भनेर।त्यसैले छिटोभन्दा छिटो नेपाली भुमि नै फिर्ता लिएर आउन तिर लाग्नुहोस् । सम्बन्ध बिग्रिन्छ भनेर चुपचाप लाएर नबस्नु होस् यदि आफ्नै सिमाको बारेमा कुरा गर्दा नि सम्बन्ध बिग्रन्छ भने त्यस त्यो सम्बन्ध हामीलाई चाहिदैन।

अब नेपालीले यो सुन्न पाउन कि नेपालले भुमि बाट भारतिय सेनालाई भगाएर नेपाली सेना राखोस् भन्ने कुरा अनि भ्र’ष्टाचार गर्ने पैसाले सिमामा काँडे तार हालोस् ,यदि यस्तो निणय गर्न सक्नु भयो भने सारा नेपालीले सहयोगी हात अघि बढाउने छन्। नत्र नक्सा मात्र बनाएर जनतालाई झुक्याउने हो भने देशमा रगतको होली खेल्न नपार्नुहोस्।त्यसैले प्रधानमन्त्री ज्यु अब हामी जनताहरू तपाईंको साथमा छौ भुमि फिर्ता लिएर आउन तिर लाउनु होस्।त्यसपछि मात्र नेपालीहरूले तपाईलाई नक्सा बनाउदा खेरि भन्दा पनि बढी रूपमा माया गरेर तपाईंको कुर्सी जीवनभ,बचाउने छन् मात्र तपाईंले पहिला हाम्रो सिमा जोगाउनु पर्यो।

यस्तै यस्तै ताजा खबर समाचार र लेखहरु पढ्नको लागि Daily News Nepal लाई लाइक फलो गर्नुहोस् ।👇👇👇👇

Leave a Reply

Your email address will not be published. Required fields are marked *