‘१० अर्ब खै ? MCC चाहिदैन भन्दै सडकमा उत्रिएका जनता कुट्ने यो कस्तो निती हो सरकार !!’ – रबि थापा
1 min read✍ रबि थापा,स्याङ्जा
आज लकडाउन भएको ७९ अौ दिन ,कोरोना संक्रमितको दर दिनैदिन बड्दो क्रममा छ । तर हे सरकार लकडाउन गर्दा गर्दै पनि यो देशमा कोरोना संक्रमितको दर किन बड्दो क्रममा छ? लकडाउन गरेर मात्र कोरोना भाइरस रोक्नथाम गर्न सकिन्छ त ,मानौ अब कोरोना भाइरस नियन्त्रण हुन २ वर्ष लाग्छ होला अनि त्यति बेला सम्म देशलाई लकडाउन गरेर मात्र राख्ने । ल ठिक छ हामी जनताहरूले बिश्वास गर्यौ सरकारले यो लकडाउन गरेको हामी जनताहरूलाई नै बचाउन हो भनेर अब भन्नुस यत्रो तीन महिना सम्म देशलाई लकडाउन गरिराख्दा कोरोना भाइरस सँग लड्नको लागि के कस्ता कार्य गर्नु भयो त।
देशका जनताहरूले बुझिसकेका छन् यत्रो तिन महिना सम्म यो देशमा कोरोना भा’इरस नियन्त्रणको बारेमा कसैको ध्यान गएन भनेर ,मात्र ध्यान गयो त आफ्नो ढाड सोझाउन् ।न त स्वास्थ्य मन्त्रीलाई केही व्स्ता छ यस्तो संवेदनशील विषयमा ,न त कुनै मन्त्रीलाई नै माया छ जनताको को ,अब सं’क्रमितको संख्या पनि बढ्दो क्रममा छ,स्वास्थ्यमन्त्री ज्यु ,अब के गर्ने थाहा छ देशमा प्राप्त स्वास्थ सामग्री छैन,प्रयाप्त क्वारेन्टाइन छैनन् ,प्रयाप्त आइसोलेस्न बेडहरू छैनन् ,परिक्षण तिव्र गतिमा छैन ,क्वारेन्टाइनको नाममा गोठमा राखिन्छ अनि तिनकै परिक्षण १४ दिनसम्म एक दिन पनि गरिन्।तर देशको स्वास्थमन्त्री लाई भने केही चासो छैन , स्वास्थ मन्त्रीज्यु यस्तो बेलामा त पक्कै पनि तपाईंको घरमा पाउँना आएका छैनन् होला त्यसैले सबै नपाली नागरिकहरू स्वास्थको बिषयमा तपाईंको बोलीको प्रतीक्षा गरेका छन् ।
बिन्ती छ स्वास्थ मन्त्री ज्यु हामीलाई बचाउनुहोस् यो महामा’री बाट ,तपाईं जस्तो गरिमामय पदमा बस्नु भएको ब्यक्ति लाई नबोलि बसेको कति पनि सुहाउँदैन मन्त्री ज्यु त्यसैले तपाईंले अब स्वास्थ्यको विषयमा हरेक दिन प्रेस मिट गराएर देशका कोरोना सं’क्रमित ब्यक्तिहरूको अबस्था ,क्वारेन्टाइनको के कस्तो छ ,आइसोलेसन बेडहरूको जानकारी तथा अन्य विभिन्न स्वास्थ्य सम्बन्धित बिषयको जानकारी दिदा कति राम्रो हुन्थ्यो होला सुन्दा खेरि पनि ,मात्र स्वास्थ्य अभिवक्तालाई बोल्न लगाएर तपाईं घरमा बसेको कत्ति पनि सुहाएन मन्त्री ज्यु। उता सुन्नामा आएको छ अहिलेसम्म कोरोना भा’इरस निय’न्त्रण गर्दा १० अर्ब रूपिया खर्च भयो भनेर ,हे सरकार त्यत्रो पैसा के मा खर्च भयो त के त्यो पैसाले बिहान बेलुका बालुवा चालेर ,मकै पोलेर ,चनाचटपट बेचेर आफ्नो दैनिकी गुजारा गर्नले त्यै पैसा बाट आफ्नो दिनहरू कटाएका होलान् त यो लकडाउन भरि।ल ठिक छ यो पैसाले गरिब जनताको पेट त भरिएन् ,के यो पैसा स्वास्थ्य सामाग्री खरिद गर्दा खर्च भयो त ,अब विशवस गर्ने त कसरी गर्ने स्वास्थ्यमा खर्च भयो भनेर,यदि खर्च भएको भए त क्वारेन्टाइन गोठमा हुन्थिएन होला,कोरोना बाट मृ’त्यु भएको मान्छेको रिपोर्ट दुई दिन पछि आउथेन् होला,परिक्षणको दायरा तिव्र गतिमा हुन्थ्यो होला,कोरोना परिक्षण मेसिनहरू प्रस्सत हुन्थ्यो होला,तर यी सब केही उपलब्ध नभए पछि हामी जनताहरूले कसरी बिशवस गर्ने त १० अर्ब खर्च भयो भनेर।
अनि जनताहरूले त्यत्रो पैसा के मा खर्च भयो भनेर सडकमा ओर्लिदा खेरि तिनै जनताहरू लाई प्रहरीले ल’ठ्ठी र पानीको प्रहार गर्ने ।यस्तो महामा’रीको बेलामा पनि कमिसन खाने अनि उल्टै जनता कु’ट्ने यो कस्तो निति हो सरकार!त्यसैगरी राष्ट्रघाती सम्झौता MCC मिलिनियम च्यालेन्ज कोपोर्सन जुन राष्ट्रको हितमा एक प्रतिशत छैन किन चाहियो हाम्रा बुद्धिजीवी नेताज्युहरूलाई यस्तो पैसा ,यदि तपाईंहरूले एेनसियलबाट सबै कर उठाउने हो भने MCC भन्दा पनि बढी पैसा उठ्छ ,त्यसैगरी यहाँ अर्बौंको भ्रष्टाचार हुन्छ यदि त्यै भ्र’ष्टाचारको छानबिन गर्ने हो भने MCC भन्दा बढी पैसा यै मुलुकबाट उठ्छ ।
यदि तपाईहरूले MCC पारित गर्नु भयो भने यो मुलुका जनताहरूलाई न त रातमा शान्ति हुन्छ न त दिनमा नै यस्तो स्वार्ग जस्तो मुलुकमा बिदेशीको अशान्ति पाइला पर्छ नि त्यस पछि यो मुलुकमा हरियाली हैन खरानी नै खरानी हुन्छ ,के यो मुलुक त्यसतो बनाउदा राम्रो हुन्छ ?त्यसैले यो पुर्खाले आर्जेको देशमा कुनै पनि बिदेशीले राज गर्न पाउने छैनन् ।पुर्खाले पानी पनि नखाई बचाएको देशमा कुनै पनि जडिएले जाड खाएर बेच्न पाउने छैनन् ।
यस्तै यस्तै ताजा खबर समाचार र लेखहरु पढ्नको लागि Daily News Nepal लाई लाइक फलो गर्नुहोस्। 👇👇👇👇