Thu. Jul 9th, 2020

हिजो माग्ने अवस्थामा थियौ, आज जनतालाई सहुलियत दिन सक्ने भएका छौ – कुलमान सेयर गरौ

हिजो माग्ने अवस्थामा थियौ, आज जनतालाई सहुलियत दिन सक्ने भएका छौ – कुलमान सेयर गरौ
काठमाडाैँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजो माग्ने अवस्थामा भएको विद्युत प्राधिकरण आज जनतालाई सहुलियत दिने ठाउँमा आइपुगेको बताउनु भयो ।

उहाँले प्राधिकरणले गरेको मेहनतकै कारण लकडाउनको कारण सास्ती खेपिरहेका नागरिकहरुलाई विद्युतमा सहुलियत दिने ठाउँमा आइपुगेको बताउनुभएको हो ।

घिसिङले न्युज अफ नेपालसँग कुरा गर्दै भन्नुभयो– ‘९ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणलाई चार बर्षको अवधिमा १० अर्ब नाफामा लैजान सकियो । दृढ इच्छा शक्ति भएका कारण चुनौतीको सामाना गर्न सकेका हाैं । घाटाको प्राधिकरणलाई नाफामा लैजान सकेकै कारण आज लकडाउनको पीडा खेपिरहेका नागरिकहरुलाई सहुलियतमा बिजुली दिने अवस्थामा आइपुगेका छौं ।

खानेपानी, सिचाइँ, उद्योगमा सञ्चालनमा विद्युत महसुल छुट गरिएको बताउदै किसानलाई ठूलो राहत मिल्ने पनि घिसिङले बताउनुभयो ।विद्युत् नियमन आयोगले विद्युत् महसुल समायोजन गरेसँगै विद्युत उपभोग गर्ने उपभोक्ताहरुलाई महशुलमा राहत भएको छ । प्राधिकरणको प्रस्तावमा आयोगले विस्तृत अध्ययन गरी औसत १० प्रतिशतसम्म महसुल घटाएको छ ।

५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ भने विजुली भने निःशुल्क दिइने भएको छ ।११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ तिर्नुपर्ने छ । प्रतियुनिट शुल्क ३ रुपैयाँ कायम भएको छ । त्यसैगरी २१ देखि ३० युनिटसम्म खपत गर्नेले ५० रुपैयाँ इनर्जी शुल्क र ६.५० रुपैयाँ प्रतियुनिट विद्युत महसुल हिसाव गरेर तिर्नुपर्नेछ ।

३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले ५० रुपैयाँ डिमान्ड शुल्क र ८ रुपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्ने भने ५१ देखि १०० युनिटसम्म खपत गर्दा ७५ रुपैयाँ डिमान्ड शुल्क र ९.५ रुपैयाँ प्रतियुनिट, १०१ देखि १५० युनिटसम्म खपत गरेमा घरेलु ग्राहकले १०० रुपैयाँ डिमान्ड शुल्क र ९.५० रुपैयाँ प्रतियुनिट शुल्क, १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहकका लागि १२५ रुपैयाँ डिमान्ड शुल्क र १० रुपैयाँ प्रतियुनिट र २५१ देखि ४०० युनिटसम्म खपत गर्दा १५० रुपैयाँ डिमान्ड शुल्क र ११ रुपैयाँ प्रतियुनिट महशुल तिनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.