Thu. Jul 9th, 2020

नेताका गलामा कोरोना भगाउने कार्ड, कसले दियाे त ?,,,,हेर्नुहोस्।

काठमाडौँ : प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको नेकपा स्थायी कमिटीको बैठकमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबैजसोले गलामा नीलो डोरीसहितको एउटा कार्ड भिरेका थिए ।

पार्टीले बैठकमा प्रवेश गर्न उक्त कार्ड बनाएको भने होइन । को’रोना भा’इरसबाट सुरक्षित हुन भनेर पार्टीले स्थायी कमिटी सदस्यहरुका लागि खरिद गरेर दिएको हो, जुन कार्डमा लेखिएको छ– ‘भाइ’रस रि’मुभिङ कार्ड ।’ पार्टीले यो कार्ड ‘बियोन्ड द वाल ट्रेडिङ कम्पनी’ बाट बुधबार खरिद गरेको हो । ‘केटाकेटी हुँदा धामीले जन्तर लगाइदिन्थे ।

बोक्सी लाग्दैन, भूतप्रे’त लाग्दैन भनेर गलामा झुन्ड्या’इदिन्थे । अहिले कोरोना जन्तर लगाइदिए,’ स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले भने, ‘कार्ड माधव नेपालले ल्याउनुभएको हो । डा’क्टरहरूले दिएको भन्ने छ । जापानमा पनि धेरैले लगाएर हिँड्छन् रे । घाममा नदेखाउनू भन्ने नियम रहेछ । अरूले लगाएको देखेपछि मैले मागेँ । यसले भाइ’रस उडाउँछ कि उडाउँदैन, उही बेसारको धूलोजस्तै हो कि †’

चिकित्सकहरु भने कोरो’नाबाट बच्ने र बचाउने कुनै औषधि र प्रविधि विकास नभएको बताउँछन् । ‘कोरोना भाइरस नसर्ने र सरे पनि निको हुने कुनै पनि डि’भाइस बनेको छैन । कुनै पनि किट वा कार्डलाई भा’इरस मार्न योग्य हुने भनेर आधिका’रिक निकायले मान्यता दिएका छैनन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कान्तिपुरसँग भने, ‘कुनै पनि वस्तु औ’षधि वा प्रति’रोधात्मक हो वा होइन भन्नलाई त आधिकारिक संस्थाले प्रमाणित गरेको हुनुपर्छ । प्रमाणित नभएको किट लगाउँदा सर्व’साधारणमा भ्रम पैदा हुन सक्छ । कि’ट लगाएरै को’रोना सर्दैन भने त ढुक्कसँग लगाए भइहाल्यो नि । मास्क लगाउनु पनि पर्दैन । दूरी कायम गर्नु पनि पर्दैन ।’ याे खबर कान्तिपुर दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.