Thu. Jul 9th, 2020

टिभी जर्नलिष्ट पाण्डेको योगदानलाई चीर स्मरणीय राख्न एनबीसीद्वारा पुरस्कारको घोषणा…हेर्नुहोस् ।

1 min read

काठमाडौं : नेपाल ब्रोडकास्टिङ च्यानल एनबीसीद्वारा न्यूज २४ टेलिभिजनका रुपन्दहीस्थित टिभी जर्नलिष्ट कृष्णबाबु पाण्डेको योगदानलाई चीर स्मरणीय राख्न पुरस्कारको घो’षणा गरिएको छ ।

एनबीसीले आफ्ना रुपन्देहीस्थित टिभी ज’र्नलिष्ट कृष्ण पाण्डेको नाममा ‘कृष्ण पाण्डे स्मृति जो’खिम पत्रकारिता पुरस्कार’को घोष’णा गरेको छ ।

कार्यक्रम सीधाकुरा जनतासंग कार्यक्रममार्फत घो’षणा गरिएको पत्रकारिता पुरस्कार हरेक बर्ष न्यूज २४ टिभीको बार्षि’कोत्सवको दिन प्रदान गरिने छ । न्यूज २४ बाहेकका अन्य टिभीमा कार्यरत पत्रकारलाई पनि दिइने छ । पुरस्कारको राशी र प्रकृति पछि प्रष्ट पारिने पनि एनबीसीले जनाएको छ ।

टिभी जर्नलिष्ट पाण्डेको शनिबार राति सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमा १, ड्राइभर टोलमा सवारी दुर्घ’टनामा परि पाण्डेको मृ’त्यु भएको थियो ।

हाल प्रदेश ५ को व्यूरोको जिम्मे’वारी पनि सम्हालिरहेका पाण्डेको अस’मायिक नि’धनप्रति न्यूज २४ परिवार म’र्माहत बनेको छ । एक इमान्दार सहक’र्मीको योग’दानलाई कहिल्यै विर्सन नदिन एनबीसीले उनको नाममा पुरस्कार स्थापना गरेको हो ।

पाण्डेको शनिबार नै पु’ख्र्यौली थलो स्याङ्जाको वि’र्घास्थित कालीगण्डकी किनारको अरु’वाघाटमा अ’न्त्येष्टि गरिएको छ ।News24 Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.