Thu. Jul 9th, 2020

नयाँ नक्सा छापेकै कारण भारतले मलाई हटाउन खाेज्दैछ, तर त्याे सम्भव छैनः प्रधानमन्त्री ओली…हेर्नुहोस|

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अ,तिक्रमित नेपाली भूमिसहितको नयाँ नक्सा छापेकै कारण आफूलाई प्रधानमन्त्रीबाट हटाउँछु भन्ने नसोच्न भारतलाई स,चेत गराउनुभएको छ । जननेता मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएकाे हाे ।

प्रधानमन्त्री ओलीले आफूलाई हटाउनका लागि नयाँदिल्लीका मिडिया, वौद्धिक बहस र काठमाडौँस्थित दूतावासका क्रियाकलाप र होटलहरूमा भइरहेका जमघटबाट आफूलाई हटाउन के–के भइरहेको छ भन्ने देखाइरहेको भन्दै यसबारे आफू जानकार रहेको समेत बताउनुभयाे । प्रधानमन्त्री ओलीले यसअघि चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो तर अहिले बहुमत भएकाले त्याे सम्भव नहुने बताउनुभयाे ।

उहाँले आफूले अडान नलिए देशको पक्षमा बोल्ने भोलि कोही पनि नपाइने बताउँदै भन्नुभयाे, ‘हटाउन कोशिस गर्नेलाई गर्न दिऔं, कसैले हतार नगरे हुन्छ । मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन छैन । यतिबेला म हट्ने हो भने नेपालका पक्षमा बोल्ने मान्छे हुन्न । आजका लागि होइन भोलिका लागि ।

आफ्ना लागि होइन देशका लागि ।’ प्रधानमन्त्री ओलीले नेपालकै कतिपयले नयाँ नक्सा छापेपछि नेपाललाई झन् गा,ह्रो हुने बताए पनि त्यस्तो केही गाह्रो नहुने प्रष्ट पार्नुभयो । ‘गा,ह्रो के हुन्छ ? जमिन गएको थियो, त्यो फिर्ता लिन खोज्दा गा,ह्रो भन्या के ? एक सय ४६ वर्षसम्म उपभोग गरेको जमिन १९६२ देखि उपभोग गर्न पाएनौं । ५८ वर्षदेखि खोसियो, हाम्रो जमिन हो । अरूको जमिन अ,तिक्रमण गरेको होइन, कुनै गल्ती गरिएको छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको नागरिकता खल्तीमा राखेर भारतको पक्षमा तर्क गर्नेहरू पनि नेपालमै भएको भन्दै अ,सन्तुष्टि जनाउनु भयो । ‘ख,ल्तीमा नेपाली नागरिकता छ, तर्क अर्काको पक्षबाट गरेको छ । १९६२ मा सेना राखेपछि कसरी त्यहाँका नागरिकसँग सम्बन्ध हुन्छ ? कालापानीमा सेना राखेर उता जानै दिएका छैनन । नागरिकता रासन कार्ड कसले दिएको छ ? त्यसबारे नेपालका नागरिकताधारीहरूले उठाइराखेका छन्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।दैनिकी डट कममा छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.