Thu. Jul 9th, 2020

लकडाउन खुकुलो पारेपछि आर्थिक वृद्धिदर बढ्यो, जेठ महिनामा एक खर्ब रेमिट्यान्स जम्मा : अर्थमन्त्री खतिवडा

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको लकडाउन खुकुलो पारेपछि आर्थिक वृ’द्धिदर बढ्दै गएको बताउनुभएको छ । नेपाल उद्योग परिसंघको १७ औं बार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री खतिवडाले अत्यन्तै बढी आर्थिक क्रि’याकलापहरु हुने पछिल्ला ५ महिनामा

लक’डाउन गर्नु परेकाले अर्थिक वृद्धि’दर घटेको तर लक’डाउन खुकुलो पारेपछि अर्थिक बृ’द्धिदरले ट्रयाक लिदै गरेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘सार्वजनिक निर्माण र व्यापार उच्च हुने समयमा को’रोना भाइर’सको महामा’रीका कारण नेपालको आर्थिक स्थिति संकु’चित हुँदा कुनै क्षेत्रमा नका’रात्मक असर समेत पर्यो तर लकडाउन खुकुलो पारिदै आपछि अहिले आर्थिक वृ’द्धिदर बढ्दै छ ।

उहाँले पहिलो प्राथमिकतामा अन्त’र्राष्ट्रिय व्यापार बृद्धि भएको बताउनुभएको छ । पूर्ण लकडाउनका बेला नर्मल अवस्थामा हुे गरेकाे ब्यापारकाे मासिक २० प्रतिशत ब्यापार हुने गरेकोमा अहिले बढेर ८० प्रतिशत पुगेको बताउनुभयो । त्यस्तै भन्सार र आन्तरिक राजस्व पनि ८० प्रतिशत नै पुगेको तर पूर्ण १०० प्रतिशत पुग्न बाँकी रहेको बताउनुभयो ।

लकडाउनपछि रोकिएको विप्रेशण बढाउन बैदेशिक रोजगारीका लागि पनि बिस्तारै सुरक्षित ढङ्गले तयारी थालिएको उहाँको भनाइ छ । यद्यपि अन्य मूलुकमै रोजगारीको श्रृजना भएकाले नेपालमा अन्य मुलुकबाट अपेक्षाकृत रुपमा रोजगारीका लागि नआएको मन्त्री खतिवडाले बताउनुभयो । नेपालमा लड’कडाउन भएतापनि बिदेशी मु’द्रा भने उल्लेखनीय जम्मा भएको बताउनुभयो ।

उहाँँले जेठ महिनामा मात्रै एक खर्ब रेमिट्यान्स जम्मा भएको बताउनुभयो । सामान्य अवस्थामा औसतमा ७० \७५ अर्ब हरेक महिना जम्मा हुने गरेको थियो । त्यस आधारमा लक’डाउन भएतापनि २५ अर्ब बढी बिदेशी मु’द्रा जम्मा भएको मन्त्री खतिवडाको भनाइ छ । यसको प्रभावले बैंकहरु लगानीका लागि तयार रहेको र बैकहरुको ब्या’जदरसमेत घटिरहेको स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.