“मन्त्री ज्युहरू यो बेला कुर्सी र पदको लागि लड्ने बेला होइन जनताहरूलाई को’रोना बाट कसरी बचाउने भन्ने तिर सोच्ने बेला हो” – रबि थापा

1 min read

रबि थापा ,स्याङ्जा देशले यतिबेला कठिन परिस्थितिको सामाना गर्न परेको छ ।तर यो कठिन परिस्थितिको थुप्रो नेपाली जनताले मात्र भोग्नु परेको छ ।हो यो देशका मन्त्री ज्युहरूलाई एक रत्तिभर जनताको माया छैन मात्र माया त्यति बेला रहेछ, जुन बेला एक अमुल्य भोटको आवस्यक पर्छ।को’रोना भाइरस(कोबिड१९) ,अहिलेको स्थिति हेर्न हो भने देशमा कोरो’ना भा’इरसको अबस्था भ’यभित भएको छ,दिनैदिन सं’क्रमितको संख्या बढ्दो क्रममा नै छ।यश भा’इरसले गर्दा तीन महिना जति देश लकडाउनको अवस्थामा रह्यो,तर के गर्नु देशमा गरिबी यति रहेछ कि काम नगरिकन एक छाक टार्न धौधौ रहेछ।एक पटक हामी सबैले मग्न गर्उ त तीन महिना सम्म कसरी बाँचेका होलान् ती गरिब जनताहरू सरकारले भन्ने गर्छ कोही पनि भोकभोकै बस्नु पर्दैन हामीले राहत सम्पूर्णको घरघरमा पुर्याउने छौ भनेर तर यता जनताहरू कोरो’नाले भन्दा पनि भोकले मर्ने हो कि भन्ने डर मा छन् ।

यत्रो तीन महिना सम्म लकडाउन भयो जनताहरूलाई, घरमै बस्नुहोस् कोरोना बाट आफू पनि बच्नुहोस् र अरूलाई नि बचाउनु होस् भनेर घरमै राख्नु भयो तर अहिले आएर तिनै जनताहरू सँग कर उठाउन खोज्नु भएको छ ,अब कसरी तिर्ने ती जनताले कर जो घरबाट काममा जान नपाए पछि ,अलिकति त सोच्नुहोस् कति निर्दय हुनुभएको तपाईंहरू ।यता घरबेटीले भाडा मागेर हैरान गर्छन् उता सरकारले कर उठाउने कुरा अनि बैंकको ऋणको चिन्ता यो सब एउटा व्यक्तिले कामै नगई कसरी तिर्न सक्छ ।त्यसैले हे सरकार यी जनताले केही सहुलियत पाउलान् नि ,केही समय पछि कोरोना भाइरस पनि नियन्त्रणमा आउला त्यसपछि कमाएर तिरी हाल्छन् कुनै पनि जनतालाई कसैको पैसा खाएर भाग्ने मन त पक्कै पनि छैन् ।आर्को कुरा सरकार तीन महिना सम्म देश लकडाउनमा हुदा को’रोना भा’इरस नियन्त्रणका लागि चालेको कदम यै हो जाँहा क्वरेन्टाइनमा मान्छे छट्पटी प्राण त्याग्नुपर्ने ,बिचारा एक होनहार युवा जुन कर्मभुमिबाट बचेर आफ्नो जन्मभूमिमा बाच्ने आशले आएका युवा एक घुट्को जीवनजल पानी पनि खाना नपाई मर्नु पर्यो उनलाई पेट दुखेर नै छट्पटेको भन्ने कुरा सुन्नमा आएको थियो सरकार पक्कै पनि त्यि युवालाई खानामा गडबड भएको होला कस्तो खाना खुवाउनु भएको छ र दस अर्व को ,हे सरकार यो रमिता कसलाई देखाएको हो।

तपाईंहरू रात्रि भोजको मेनु बनाउदा क्वारेन्टाइनमा बसेका युवाले जीवनजल समेत नपाएर म’र्नु परेको छ।यो त हालसालै भएको घट’ना हो सरकार यस्ता घ’टना त क्वारेन्टाइनबाट नै कति भएका छन् कति ।बिचार नेपाली जनताहरू देशले बचाउला नि भनेर बिदेश बाट आएर २० २१ दिन क्वारेन्टाइनमा बस्छन् तर त्यत्रो २० २१ दिनसम्म पनि कोरोना परिक्षण नहुदा ती नेपाली जनताहरूको मानसिकतामा कस्तो प्रवाह परेको होला सरकार ,यो नभुल्नुहोस् कि तिनै नेपालीले पठाएको रेमिटेन्सबाट नै अहिलेसम्म देश धानिएको हो भन्ने कुरा।

यो तीन महिना सम्म धेरै समाचारहरू सुनियो देशको बारेमा तर ती समाचारहरू कहिले सुन्नमा आएन कि देशको यी यी नेताहरूले यो ठाउँको क्वारेन्टाइनको स्थलगत भ्रमण गरे भनेर बरू यो सुनियो कि यो नेता यो पदको लागि लडिरहेको छ भनेर ,मन्त्री ज्युहरू किन के कामले गर्दा फुर्सद मिलेन तपाईहरूलाई ती ठाउँहरू हेर्न यसो एकदुई जिल्लाका क्वारेन्टाइन को अवस्था बुझेर नराम्रो भए व्यवस्थित बनाउने,खानाको बारेमा बुझ्ने परिक्षणको दायरा अघि बढाउन निर्देशन दिने जस्ता कार्य गरेको भए सुन्दामा पनि कति राम्रो हुन्थ्यो होला यी यी नेताले यस्तो गरे भन्दा,हुन त कहाँ फुर्सद छ र मन्त्री ज्युहरूलाई यस्तो कुरामा ,उहाँहरूलाई चाहिएको भनेकै कुर्सी र पद त्यो भए पछि हामी जनताहरूको के काम।त्यसैले हे मन्त्री ज्युहरू यो बेला कुर्सी र पदको लागि लड्ने बेला होइन जनताहरूलाई कोरोना बाट कसरी बचाउने भन्ने तिर सोच्ने बेला हो।

यस्तै यस्तै ताजा खबर समाचार र लेखहरु पढ्नको लागि Daily News Nepal लाई लाइक फलो गर्नुहोस्। 👇👇👇👇

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.