नेतृ कोइरालाको चेतावनी : ओलीको विकल्प खोजे मुलुकमा दु’र्घटना हुन्छ ।

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको वि,कल्प खोजे मुलुक दु,र्घटनामा पर्ने चे,तावनी दिनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल् उहाँले अ‍ोलीको वि,कल्प खोजे मुलुकको लागि घा,तक हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तीनवटै निर्वाचन नभएसम्म सरकार ढाल्ने सपना कसैले पनि देख्नु हुँदैन । त्यो आफ्नै लागि घा,तक हुन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दु,र्घटनामा पर्ने र त्यसको अपजस काग्रेसमाथि आउन सक्छ ।

अहिले सरकार ढाल्ने काममा लागे संविधान पनि कार्यान्वयन हुन कठिन छ । मुलुकमा प्रचण्ड मात्रै एक्लो नेता हुन् र उनको लागि सरकार ढाल्नु पर्ने ? उनी अहिले प्रधानमन्त्री बन्न पनि सक्दैनन् र सफल पनि हुँदैनन् ।’

कांग्रेस अहिले संगठन र पार्टीलाई बलियो बनाउँदै निर्वाचनमा जाने तयारीमा रहेको कोइरालाले स्पष्ट पार्दै निर्वाचन र संविधान कार्यान्वयनको विषयमा प्रधानमन्त्रीले काग्रेससँग छलफल गरेर अघि बढाउनु पर्ने तर्क गर्नुभयो ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.