प्रधानमन्त्री केपि ओलिले लिए अर्को क,दम पशुपति बाट भार,तीय पुजारी ह,टाउने अब नेपाली पु,जारी हुने

1 min read

काठमाडौँ। नेपाल-भारत द्वन्द उत्कर्षमा पुगेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा भारतले नेपालमाथि ‘संस्कृतिक अतिक्रमण’ गरेको भनेर अभिव्यक्ती दिएसँगै बौद्धिकहरु बीच श्रीपशुपतिनाथ मन्दिरमा हात हाल्न खोजेको हो कि भन्ने संशय उत्पन्न भएको छ। त्यसमाथि नेकपाका नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा पशुपतिनाथबाट भारतीय भट्ट हटाउने सहि समय आएको भन्न थाले पछि त्यो आशंकालाई बल पुगेको छ। भने केहिँ अनलाइनहरुले ओलीको अबको रणनीति पशुपतिनाथका भट्ट लक्षित हुने भन्दै समाचार समप्रेषण गरेका छन्।

एक नेकपा स्थाइ कमिटी सदस्यका अनुसार लिम्पियाधुराको विषयमा भारत मौन बसी रहे पशुपतिनाथमा पनि हात हाल्न उनका निकटतम सहयोगीहरुले सुझाई रहेका छन्। स्रोत भन्छ, त्यस्तो सुझाव आए पनि ओली त्यस कुरामा मौन छन्।

उनले भने, ‘भारतसँग लड्ने बेलामा नेपालीहरुको आस्थाको केन्द्रविन्दुमा हस्तक्षेप गर्न हुदैन भन्ने लागेर हो कि तत्कालिन नेकपा माओवादीको सरकारको चाल हुन्छ भन्ने ठानेर हो उहाँ यी कुरा सुन्नुहुन्छ मात्र, बोल्नु हुदैन!’

स्मरणीय छ, पहिलो संविधान सभाको चुनावबाट सबै भन्दा ठूलो दल बनेको जनयुद्दबाट भर्खरै राष्ट्रिय राजनीतिको मूलधारमा आएको तत्कालिन नेकपा माओवादीको सरकारले नेपाली भट्ट नियुक्त गरेपछि निक्कै आलोचित भएको थियो। र, उक्त नियुक्ती सरकार ढल्नुको एक कारण बनेको थियो।

७ दिन पनि टिक्न नसकेको त्यो निर्णय
०६५ पुस १३ गते नेपालको इतिहासमा एक विशेष घटना घट्यो– गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संरक्षक रहेको पशुपतिनाथ क्षेत्र विकास कोष सञ्चालक परिषद्ले पशुपतिनाथका चारमुखमध्ये उत्तरमुख वामदेवको पूजा गर्न नेपाली भट्ट डा. विष्णु दहाललाई नियुक्त गर्‍यो। उनको नियुक्ति सात दिन पनि टिक्न सकेन। ०६५ पुस २३ गते सरकार आफ्नो निर्णयबाट पछि हट्यो।

उक्त घटनाले नेपालको कार्यकारी प्रधानमन्त्रीको ‘सिंहासन’लाई समेत डग्मगाइदियो ।त्यसको तीन महिनापछि प्रचण्ड नेतृत्वको सरकार ढल्यो। पशुपतिबाट सुरु भएको विवाद सेनापति र राष्ट्रपतिमा टुंगियो।

त्यसैले त नेकपाका अध्यक्ष रहेका तत्कालीन प्रधानमन्त्री प्रचण्डले उनै दाहालद्वारा लिखित ‘पशुपतिमा सात दिन’ पुस्तक प्रज्ञाभवनमा लोकार्पण गर्दै प्रचण्डले भनेका थिए, ‘म पशुपतिको बारेमा कुरा गर्न पनि झस्किन्छु, राष्ट्रपतिको बारेमा कुरा गर्न पनि झस्किन्छु, सेनापतिको बारेमा कुरा गर्नपर्‍यो भने पनि झस्किन्छु । तर, कुरा के प्रष्टै हो भने चाहे पशुपति, चाहे राष्ट्रपति चाहे सेनापति तीनटैमा मैले नेपाली जनताको भाबनालाई, नेपाल राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने जमर्को गरेको थिएँ । हुनसक्छ मैले धेरै ढंग पुर्‍याउन सकिन होला अहिले फर्केर हेर्दा । तर मेरो पबित्र भावना थियो ।’

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.