“प्रधानमन्त्री ज्यु भारत सँग सम्बन्ध बिग्रन अघि देशलाई आत्मनिर्भर बनाएर देखाउनु” – रबि थापा
1 min read✍ रबि थापा,स्याङ्जा
अहिले देशको स्थिति हेर्दा खेरि निकै माया लागेर आउँछ तर के गर्ने देश चलाउन भनेर गएका नीति निर्मातालाई माया नै नलागेपछि हामीले के पो गर्न सक्छौ र,हो अहिले देशमा (कोबिड१९)ले नेपालीको जीवनलाई अस्तव्यस्त बनाएको बेला पनि देश चलाउने हाम्रा महान मन्त्री ज्युहरूलाई भने कुर्सी र पदको नै बढी खाँचो भएको देखियो।
अहिले सबै मन्त्रीहरूलाई प्रधानमन्त्री फेर्ने दौडधुप तिर लागेका छन् । ओलिलाई हटाएर आउने अनुहारहरू आश लाग्दो भए पो खुशी हुने ठाउँ छ।प्रचण्ड ,मधाव ,झलनाथ ,बामदेब जस्ता भारतिय दलालहरू हुन अनि यस्ता नेता आए पछि कसको अनुहारमा खुशी छाउछ र ।यदि केही गर्ने भए पहिला नै प्रधानमन्त्री हुदा किन एउटा माखो मर्न सकेनौं त ,सबै जना एकएक पल्ट भए नि प्रधानमन्त्रीको पदमा बसेका नै हुन। जब भारतले हामी नेपालीहरूलाई हेप्दा खेरि भारतको सामु चुइक्क नबोल्ने हरूले प्रधानमन्त्रीको राजिनामा खोजेर आफूले राज गर्न खोज्ने कस्तो लाजमर्दो कुरा। त्यसैले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई मेरो केही व्यक्तिगत धारण ,प्रधानमन्त्री ज्यु तपाईं जस्तो नेता पाउनु हामी नेपाली जनताहरूलाई भाग्यको कुरा हो । न त तपाईंले एक पैसा कसैलाई कमाइदिन पर्ने न त एक पैसा भ्रष्टाचार गरेर लुकाउन पर्ने ,अझ तपाईंको त स्वास्थ अबस्था पनि कमजोर छ ।
त्यसैले हे प्रधानमन्त्री ज्यु अब तपाईं चुपचाप बस्ने होइन ,तपाईं चुपचाप बसेको कारण नै तपाईंका आसेपासेले नै तपाईंलाई निकाल्ने षड्यन्त्र रचेका छन्।प्रधानमन्त्री ज्यु तपाईंले केही दिन अघि दिएको अभिव्यक्ति निकै कडा र भारतलाई हलाउने खाल्को थियो तर प्रधानमन्त्री ज्यु नेपालसँग भारतको बर्षौ अघि बाट नै घनिष्ट मित्रता भएको राष्ट्र हो । हो प्रधानमन्त्री ज्यु भारतले तपाईंलाई हेप्ने र देशको विभिन्न क्षेत्रमा सिमान मिच्ने काम गरिराखेको छ । यस्तो हेपाहा छिमेकी राष्ट्र सँग कुनै पनि सम्बन्ध नराख्दा ठिक हुन्थ्यो तर प्रधानमन्त्री ज्यु पहिला सम्बन्ध बिगार्नु अघि हाम्रो देशको अस्तित्व कहाँ छ एक पटक सोच्नुहोस् त ?
नुन देखि सुन सम्म निर्यात गर्छौ हामीले ,अनि त्यस्तो राष्ट्र सँग सम्बन्ध बिग्रदा हामी नेपालीको अबस्था कस्तो होला एकपटक मग्न गरौ त प्रधानमन्त्री ज्यु। भारत बिना एक बिहान काट्न धौधौ हुन्छ हामी नेपालीहरूलाई, तपाईं भने सम्बन्ध बिग्रन तिर लाग्नु भएको छ पहिला देशलाई आत्मनिर्भर बनाएर देखाउनु अनि बल्ल भारतसँग सम्बन्ध फुटाउला ,जाबो २०७२ सालमा भारतले केही महिना नाकाब’न्दी गर्दा नेपालमा हाहाकार मचिएको थियो ,अनि मानिसहरू भोकभोकै बस्न बाध्य भएका थिए ,यातायात साधनहरू ठप्प भए ,अनि तपाईंहरू यस्तो मुलुक सँग देशको स्थिति नहेरी सम्बन्ध बिगार्न खोज्दै हुनुहुन्छ ।
नेपाल कृषि प्रधान देश हो भनेर संसद भवन भित्र तपाईहरू चिच्याउदा नेपालमा ८० % भन्दा बढी खाघध्यान भारतबाट नेपाल भित्रिन्छ ,मोलजोल सबै भारतबाट भित्रिन्छ ,अझ हामीले नै गर्छौ ठुलाठुला राष्टियता कुराहरू ,अहिले यति बेला प्रधानमन्त्री ज्युले दिएको अभिव्यक्तिको कारण भारतले सिमानामा थप कठाई गरेको पाइन्छ ।त्यसैले प्रधानमन्त्री ज्यु भारतसँग मित्रता तोड्नु अघि देशलाई आत्मनिर्भर बनाएर देखाउनु अनि बल्ल तपाईंको पद हामी नेपालीहरूले दुईचार जना भारतीय दलालबाट जोगाएर राख्ने छौ।
यस्तै यस्तै ताजा खबर समाचार र लेखहरु पढ्नको लागि Daily News Nepal लाई लाइक फलो गर्नुहोस्। 👇👇👇👇