‘देशको नेतृत्व लिन एक पटक हिम्मत गर्नुहोस् हामी छौ तपाईहरूको साथ मा’ – गंगा सुवेदी

1 min read

डेलि न्युज नेपाल,

✍ गंगा सुवेदी
हामीले सदैब बिकासित देशको गुनगान गर्छौ,तारिफ गर्छौं , तर के हामी चै आफ्नो देश नबनाउने ? सदैव नेपाली परदेशको तातो घाममा रु’नु पर्ने ? अरुको देशमा जवानी सकेर मात्रै चि’हान घारी बनाउन नेपाल आउनुपर्ने? बर्षौ देखि बिदेशी भूमिमा पलायन भएको युवा,अनि उनिहरुको जोस,पसिना बिदेशमा नै सक्ने अनि आफ्नो देश टाट पल्टाउने? आखिर कहिले सम्म ?

न स्वास्थ न शिक्षा न रोजगारी ,न सुर’क्षा छ,एक्लै हिड्न डराउनु पर्ने , छोरीचेलि बला-त्कृत हुनुपर्ने , प्रेम सम्बन्ध अस्वी’कार हुदा एसिड खानुपर्ने। अनि छोराछोरी जन्मनु अगाबै कुन देश पठाउने भनेर दिन गर्नुपर्ने? आखिर कहिलेसम्म? यसको जवाफ छ कोही संग, पाकिस्तानले इमरान खान पाई रहदा,मलेसियाले माथुर , चिनले सि जिङ,र भारतले मोदी पाउदा हाम्रो स्वर्ग जस्तो देशले रबि लामिछाने , ज्ञानेन्द्र शाही , कुलमान,गोबिन्द केसि, लगायत हजारौं देशको लागि सोच्ने मान्छे किन नपाउने?

जिन्दगी सङ्घर्ष हो, हिम्मत नगरि हार मान्नु पनि हुदैन, गेम नै नखेली कसरी हार जितेको अनुमान लगाउन सकिन्छ ? कहिलेकाही सबै झुटा झै लाग्छ, भाषण प्रचण्डले पनि गर्थे, रिपोर्टिङ अरुले पनि गर्थे, म जस्तो सामान्य मान्छेले के नै पो राजनीति जान्द छु र,तर पनि जबसम्म सत्ता र शक्ति हतमा आउदैन तबसम्म सोचेको जस्तो परिवर्तन कहिल्यै आउदैन , चाहे जसले जसरी आवाज उठाए पनि,सामान्य मान्छेलाई बिहान बेलुकी के खाने र छोराछोरीलाई कुन देश पठाउने ? भन्ने मात्रै हुन्छ,त्यसै भित्रको एउटा मान्छे म पनि पर्छु,

यति धेरै जनताको साथ , कुन सहि कुन ग’लत छुट्याउन सक्ने अवस्थामा छन् जनता , कि जनतालाई बिकल्प देउ, नत्र सबै झु’टो झै लाग्छ,मेरो जिन्दगी खाडीमा बित्यो नै तर छोराछोरी खाडि आउन नपरोस् कसैको पनि, जाबो १ छाक खान र १ सरो लगाउन ,परिवार छाडेर हजारौं माइल पर आउन नपरोस् , अरु जनताले के खोजेका छन् र? हुनत नेपालमा युवाको आवाज कसैले सुन्दैन, तर हमेसा नोट गन्ने मात्रै चलन बन्द गरिदेउ/ सक्छौ ? छ त्यो हिम्मत ? छ भने हामि छौ साथमा, सक्छौ आउ मैदानमा , सक्दैनौं आश्वासन चै नदेउ है, हामी नेपाली छिटो आशावादी बन्ने बानि छ।

लेखक: गंगा सुवेदी

यस्तै यस्तै ताजा खबर समाचार र लेखहरु पढ्नको लागि Daily News Nepal लाई लाइक फलो गर्नुहोस्। 👇👇👇👇

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.