यात्रु लिन गएको जहाज रित्तै फर्किन्छ,आखिर हामीले तिरेको रेमिट्यान्स के का लागि सरकार ??

1 min read

✍ रबि थापा,स्याङ्जा , डेलि न्युज नेपाल,


जब देशमा चुनाव आएको थियो ,त्यतिबेला सम्पूर्ण नेताहरूको मुखबाट एउटामात्र वाक्य घरिघरि सुन्न पाइएको थियोे ,त्यो वाक्य थियो ,अब देशका कुनै पनि युवा विदेश जान पर्दैन र कुनै पनि युवाहरूले विदेशमा गएर दुख ,कष्ट पाउन पर्दैन ,त्यतिमात्र नभई गरिब जनताहरूले अब एक छाक टार्न मरिमरि काम गर्न पर्दैन भनेर , तर दुर्भाग्य त्यी बोलीहरू चुनावको बेला भोट खसाल्नको लागि मात्र सिमित भयो ।

तर दुख त जहाँको त्यही रह्यो गरिब जनताको र परदेशीयका युवाहरूको ,अन्तिममा आएर मुहार त तिनै भ’ष्ट्रचारी र दलालहरूको मात्र चम्कियो । अहिले विश्वभर फैलिएको कोरो’ना भा’इरसले गर्दा गरिब जनता देखि परदेशीयका युवाहरूले बहुतै पीडा र कष्ट पाएका छन् ।चैत महिनाबाट चार महिना जति लामो लकडाउन भयो ,त्यतिबेला बाट गरिब जनतालाई मुखमा एक छाक माड हाल्न पनि गार्‍हो भयो ,सरकारले कुनै पनि वास्त गरेन ,एक पटक राहत लिएर ती गरिब जनताको झुपडीमा पाइला पनि राख्न सकेनन् ,मात्र चौबीसै घन्टा मिटिङ्ग मिटिङ्ग भनेर दिनरात आफ्नो ढाड सोझाउन तिर लागे।त्यसैगरी अहिले यस्तो म’हामा’रीको बेलामा पनि यो लाचार सरकारले बिदेशी युवाहरू माथि ठुलो घात गर्यो ।हो,यस्तो महामारीले बिश्व लाई नै आतांन्कित बनाएको बेला ,बिदेशमा पिडा पाएका युवाहरूलाई स्वदेश फर्काउने नाममा ,लु’टतन्त्र म’च्चाएको छ।

देशमा रेमिटेन्स पठाएर मुलुकको अर्थतन्त्रलाई भरथेग गरिरहेका नागरिकलाई यस्तो प्रतिकुल बेलामा सरकारले नागरिकको दुख र पिडा माथि लु’टतन्त्र सुरू गर्न लागेको छ।बिदेशमा अलपत्र नागरिकलाई नेपाल ल्याउन पेलेन भार महङ्गो तिर्न पर्ने ,क्वा’रेन्टाइनमा बसेको खर्च आफै बेहोर्न पर्ने ,पिसिआर परिक्षण आफै गर्नुपर्ने ,अनि गाउँ पुग्ने यातायात खर्च समेत आफै बेहोर्न पर्न ।यत्रो सबै खर्च आफै बेहोर्न भए पछि फेरि किन भाषण गर्दा बिदेशमा अ’लपत्र परेका सम्पूर्ण युवाहरूलाई हामीले उद्बार गर्छौ भनेर किन झुट बोलेको सरकार ?हे मेरो सरकार ,मेरो बाबा लगायत सम्पूर्ण बाबाहरूले दुख गरेर ,आफ्नो रगत र पसिना बगाएर पठाएको रेमिट्यान्स केमा खर्च भयो ,जाबो अलपत्र परेर नेपाल फर्किन छु भन्दा पनि यत्रो खर्च बेहोर्नु पर्ने आखिर मेरो बाबा लगायत सम्पूर्ण बाबाहरूले के मागेका थिए ,दुख पाउँदा नेपाल आउछु भनेका त हुन।

यात्रु लिन गएको जहाज रित्तै फर्किन्छ ,अनि नेपालीहरूलाई बिदेशी एेर्पोटमा अलपत्र छोडेर आइन्छ।सरकार यदि मेरो बाबाले बिदेशमा सुख सँग पैसा कमाउन सकेको भए तपाईंहरूलाई बिन्ती गरि गरि हामीलाई बचाउ भन्नू थिएन होला।आखिर तपाईंहरू लाई के थाहा बिदेशमा नेपालीहरूले पाएका पीडाको बारेमा ,न त तपाईंहरूलाई खाडीमा काम गर्नु पर्यो न त तपाईंका छोराहरूले नै गर्नु पर्यो ।त्यसैले यदि तपाईंहरूले एकपटक आफ्ना छोराहरू लाई खाडीमा कमाउन पठाएर देखाउनुहोस् त्यसपछि फोन गरेर सोध्नुहोस् परदेशको पिडा के रहेछ भनेर ,त्यसपछिि थाहा हुन्छ मेरो बाबा लगायत सम्पूर्ण बाबाहरूले पाएको पीडा बारे।

लेखक: रबि थापा,स्याङ्जा

यस्तै यस्तै ताजा खबर समाचार र लेखहरु पढ्नको लागि Daily News Nepal लाई लाइक फलो गर्नुहोस्। 👇👇👇👇

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.