‘नेपाल नाममा मात्र कृषि प्रधान देश, आयातमा नै हामी निर्भर,,’ – अभिषेक अधिकारी

1 min read

नेपालमा कृषिको प्रणाली कमजोर बन्दै गयो…

✍ अभिषेक अधिकारी ,डेलि न्युज नेपाल,
नेपाल भौगिलिक हिसाबले सानो देश हो तर पनि विभिन्न हिमाल,पहाड,तराई गरेर आफ्नो जिबिका टार्ने गर्थ्यौ केही दिन यता देखि कृषि प्रणाली निकै कमजोर बन्दै गएको पनि पाइएको छ जसमा निर्यात भन्दा आयात बढी छ। कृषिजन्य ब्यबसायमा संलग्न अबस्थाको बारेमा जानकारी हुनु जरुरी देखिन्छ।

नेपालको अर्थतन्त्र कृषि भएपनी अहिलेको तुलनामा आयातमा नै हामी निर्भर रहनु परेको छ। श्रोतका अनुसार करिब ३ अर्ब ४८ करोड त हामिले विभिन्न देशबाट हुने आयातमा नै निर्भर रहनु पर्यो। नेपाली अर्थतन्त्र कृषिप्रधान भएपनी तापनी यसमा अनिश्चितिताहरु हालसम्म हटाउन सकेको छैन। फल स्वरुप हरेक बर्ष कृषि उत्पादनको परिणाम अनुमान गरिएभन्दा पनि फरक रुपमा परिवर्तित हुने गर्दछ। त्यसमध्य केहि बेरोजगार , केही अर्दबेरोजगार तथा केहि लुप बेरोजगारीमा रहेको बताउदै आएको देखिन्छ। किसानले पर्याप्त मात्रामा पाउन पर्ने मल पनि पाएको देखिदैन, तराइका उर्बर भुमी त्यसै खेर गएको देखिन्छ। नेपालको खेतीप्रणालिमा खाधान्य वालिको प्राधान्य रहेको छ। खेतियोग्य जमिनको भाग धेरै धान, मकै,कोदो,गहु जस्ता बालिले ढाकेको पाइन्छ। हालका आयाअर्जनभन्दा पनि एउटा जिबिकोपार्जो चलाउने दृस्ठिले खेती गरिने बाली नै बढि मात्रामा उत्पादक विकसित मुलुकका भन्दा निकै कम छ।

यस्तो उत्पादत्वक अवस्थालाइ सम्झेर नगदेवाली खाधान्य, बाली, नै उब्जाउने तरिका त केही जान्न निश्चित भइसकेको छ। प्राकृतिक, बाली, दलदहन, तथा विभिन्न भौगोलिक क्षेत्रले अझ प्रभावित बनाउदै लगेको देखिन्छ। यसको मुख्य कारण कृषि ब्यबस्थाको आधुनिकिकरणको अभाव हो। मल, औजार, उपकरण , कृषितारिका आदि सबै परम्परात किसिमबाट संचालित छ्न भइरहेका छ्न। फलस्वरुप कृषि उत्पादकतब निकै कम बन्न पुगेको छ। वास्तविक नेपालमा अलि पछौटेपना बढी छ। पैतृक सम्पत्ति बाड्ने प्रक्रियाले गर्दा चक्लाबादी खेती तथा उपभोग गर्ने सम्भावना कम हुँदै गएको छ। नेपालका सन्दर्भमा कृषिक्षेत्रको आधुनिकी करणका लागि यो स्थिति मुख्य बाधक बन्न पुगेको देखिन्छ भने अर्कातर्फ नेपाल कृषिभुमिको बितरणमा ब्यापक असमनता रहेको छ।

बिशिस्ट भु बनोट एबम पुजि तथा प्रबिधिको बर्तमान अबस्थाले गर्दा मावबिय श्रममा नै आधारुत छ। यहाँ तत्काल सबै कृषि क्षेत्रमा मेसिनिकरण सम्भावना पनि छैन। सम्पुर्ण ग्रामीण क्षेत्रहरुको खेती प्रणालिमा नर्सरी देखि बाली उठाउने बेलासम्मका सम्पुर्ण क्रियाकलाप आदि इत्यादी चाहिन्छ। मनसुनमा आधारित रहेर गर्नुपर्ने हुदा कमसल खेती प्रचलनमा छ। फलस्वरुप किसानहरुले आवश्यकता अनुसार उत्पादन लिन तथा उत्पादकत्व बढाउन सकिरहेका छैनन। त्यसैले पहिला कृषिप्रधान मुलुक कुन ढंगबाट अगाडि लैजाने भन्ने बारेमा गहन अध्ययन हुन निकै जरुरी देखिन्छ।

लेखक:अभिषेक अधिकारी

यस्तै यस्तै ताजा खबर समाचार र लेखहरु पढ्नको लागि Daily News Nepal लाई लाइक फलो गर्नुहोस्। 👇👇👇👇

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.