राहतको माग गर्दै प्रहरी प्रशासन कार्यालय घेराउ

वीरगंज १८ भदौ ।

राहत सामग्रीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्सामा स्थानीयले घेरा’उ गरेका छन् । कोरोना म’हामारीको समयमा स्थानीयहरुको उल्लेख्य भीड देखेपछि प्रहरी र प्रशासनका कर्मचारीहरु त्र’सित भएका थिए ।

बिहीवार बिहान वीरगंज महानगरका विभिन्न वडाबाट स्थानीयहरु राहतको माग गर्दै दुवै कार्यालयमा पुगेका थिए । बुधवार वीरगंज महानगरबाट प्राप्त राहत सामग्री जिल्ला प्रहरी कार्यालय पर्साले वितरण गरेको सुनेपछि स्थानीयहरुको भीड जिल्ला प्रशासन र प्रहरी कार्यालयमा पुगेको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् ।

बुधवार ११० जनालाई प्रह’रीले प्रति व्यक्ति १० किलो चामल र महानगरले २० किलो चामल, नून, दाल वितरण गरेको थियो । आज स्थानीयवासीको भीड बढेपछि प्र’हरीले उनीहरुको तथ्याङ्क सङ्कलन गरी वास्तविक गरीबलाई राहत वितरण गर्ने जनाएको छ । फोटोः राहतको माग गर्दै जिल्ला प्रहरी कार्यालय, पर्सा घेराउ गर्दै ।प्रहरी प्रशासन कार्यालय घे’राउ। यो खबर रिपोर्टस् क्लब नेपाल बाट साभार गरिएको।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.