‘हामीलाई पानीजहाज पनि चाहिएको छैन ,रेल पनि चाहिएको छैन ,मात्र एक नेपाल आमाका सच्चा सपूत कुलमान घिसिङ चाहिएको छ।’ – रबि थापा

1 min read

काठमाडौं,डेलि न्युज नेपाल,

✍ रबि थापा,स्याङ्जा
लगभग एक महिना पुग्न लाग्यो सामाजिक संन्ञाल भरि जताततै कुलमान घिसिङ बिद्धुत प्राधिकरणमा पुन नियुक्ति हुनुपर्छ भनेर परिचर्चा भएको पनि ,यसरी एउटा सरकारी जिम्मेवारीमा रहेको व्यक्तिलाई अरू भएर हुन्न हामीलाई कुलमान घिसिङ नै चाहिन्छ भनेर जनस्तरमा आवाज उठेको पनि सम्भवत पहिलोचोटि नै हो ।

अहिले सम्म न त हामीलाई त्यै प्रधानमन्त्री चाहिन्छ ,,त्यै राष्ट्रपति चाहिन्छ भनेर आ’न्दोलन गरेकोमा पनि सुनेको छैन ।आखिर के गरे त उनले ? जुन कामले किन यति धेरै माया पाए त जनताको ?हो जब देशमा १८ घन्टा लोडसेडिङ हुन्थ्यो मानिसहरू मैन बत्ती बालेर ,टुकी बालेर ,पढ्न बाध्य कयौं बिद्यार्थी थिए ,जसले देशमा भबिस्य नै नदेखेर बिदेश जाने निर्णय गरे।एउटा सिङ्गै पुस्ताले खाना खाने समय पढ्ने समय,मोबाइल चार्ज गर्ने समय भनेर छुटाउन पर्यो ,ती दिनहरू यु’द्धका दिनहरू भन्दा कष्टकर थिएन ।

पुरै देशमा दिनरात अन्धकार नै अन्धकार छायो ।जलस्रोतमा दोस्रो धनी राष्ट्र भनेर पढ्दा पढ्दा एउटा पुस्ताको जीवन यसै गयो ,न त देशलाई बिद्धुत बाट फाइदा भयो भनेर सुन्न पाइयो ,जतासुकै घाटा नै घाटा को समाचारको हेडलाईन पढ्न र सुन्न बाध्य भैयो।अनि जब कुलमान घिसिङ बिद्धुतिय प्रधिकरणमा नियुक्ति भए त्यस पछि केही महिना मै जनताहरूले लोडसेडिङको सामाना गर्नु परेन ,न त मोबाइल चार्ज गर्ने समय हेर्नू पर्यो ,न त भात पकाउने समय नै हेर्नू पर्यो ,जतासुकै झिलिमिलि भयो अनि बल्ल जनताको जीवन र देशले बिधुतिय क्षेत्रमा घाटा बेहोर्नु परेन ,सबै तिर सुधार नै सुधार आयो ,त्यस पछि सारा नेपालीले कुलमान घिसिङ लाई पुज्न लागे ।

दिन रात नभनी आफै खटिएर आज पुरै नेपालीको मुहारमा खुशी नै खुशी को रौनक लिएर आए ।अनि अहिले आएर फेरि कुलमान घिसिङलाई बिद्धुतिय प्राधिकरणबाट निकाल्ने कुराले सारा नेपालको अनुहार अँध्यारो बनाएको छ ।सरकार नेपाली जनताहरूलाई ठूलो ठूलो परिवर्तन चाहिएको नै रहेनछ ,मात्र देशमा लोडसेडिङ हट्दा त यति खुशी भएका जनताहरूलाई फेरि कतै लोडसेडिङ हुने त हैन भनेर चिन्ता भएको छ ।

सरकार के कुलमान घिसिङ लाई पुन नियुक्ति दिन मिल्दैन र यो पहिलो घटना पनि त पक्कै होइन होला नि पुन नियुक्ति दिएको ,यस्ता पुन नियुक्ति भएको घटना त नेपाल को सन्दर्भमा कति छन् कति होइन र । सरकार यहाँ नेपाली जनतालाई अरू केही चिन्ता छैन मात्र यो छ कि फेरि कतै लोडसेडिङको सेडुल हेर्न त पर्दैन भन्ने कुरामा ,त्यसैले हामीलाई पानीजहाज पनि चाहिएको छैन ,रेल पनि चाहिएको छैन ,मात्र एक नेपाल आमाका सच्चा सपूत कुलमान घिसिङ चाहिएको छ।

लेखक: रबि थापा,स्याङ्जा

यस्तै यस्तै ताजा खबर समाचार र लेखहरु पढ्नको लागि Daily News Nepal लाई लाइक फलो गर्नुहोस्। 👇👇👇👇

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.