शान्तिपूर्ण प्रदर्शन, दिप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम

भगवती न्यौपाने ,कपिलवस्तु भदौ २६

महिला बालबालिकाको हिं’सा विरु’द्धको हाम्रो अभियान करुणा घर्तिमगरको आ’त्माको चिर शान्तिको कामना शान्तिपूर्ण प्रदर्शन, दिप प्रज्वलन तथा श्र’द्धाञ्जली कार्यक्रम मेचीमहाकाली बुहारी संयुक्त आवाज रुपन्देहीका संयोजक लता खड्काकोे अध्यक्षतामा सम्पन्न भएको छ । कञ्चन गाउँपालिका १ को राड डाडामा श्रद्धा’ञ्जली कार्यक्रममा बोल्दै संयोजक खड्काले यस आवाजले हरेक अन्यायको वि’रुद्धमा आवाजको काम गर्ने बताउनु भयो ।

ह’त्यामा संलग्न जो कोहिलाई का’नुनि का’र्वाही हुन पर्ने उहाँले तर्क गर्नु भयो । आज पनि समाजमा छोरि, महिला सुरक्षित नभएको बताउँदै यस आवाजले हरेक आवजको काम गर्ने समेत बताउनु भएको छ ।
मेचीमहाकाली बुहारी संयुक्त आवाज, रुपन्देहीले आयोजना गरेको कार्यक्रममा प्रमुख अथिति कञ्चन गाउँपालिका प्रमुख गोकर्ण क्षेत्रिले करुणाको केशमा गाउँपालिका निदाएर नबसेको बताउँदै स्थानिय सरकारले घट’ना प्रती सुक्ष्म अध्ययन गर्ने बताउनु भयो ।

गाउँपालिका उपाध्यक्ष गोमा तरामुले कानुनको रिपोर्टले फरक देखाउँदा का’नुन विप’रीत जान नसकेको बताउनु भयो । तर घ’टना सं’कास्पद देखिएको बताउनु भयो । यस्तै श्र’द्धाञ्जली कार्यक्रममा कञ्चन गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरिनारायण चाैधरिले समाजमा यस्तो घ’टना नघटाेस भन्नका लागि जुनसुकै घट’ना भए पनि अन्यायमा परेकालार्इ न्या’य दिनु मानविय कर्तव्य भएको धारणा राख्नु भयाे । यस्तै अावाजका केन्द्रीय सल्लाहकार सुर्य हरि मराठा लुम्बिनी अञ्चल सल्लाकार गंगा केसिले बाेल्दै २१ अाै शताब्दीमा पनि यसरी घट’ना हुनु भनेकाे महिला अाज पनि समाजमा सुरक्षित नभएको स्पष्ट पार्नु भयाे । हेटौंडा पीडा सेलाउन नपाउदै अाज अर्काे चेलिकाे मृ’त्यु हुनु भनेकाे का’र्वाहीकाे पाटाे कमजाेर भएको समेत बताउनु भएको छ ।

करुणाको बाबाआमा रनवादुर र सम्झना घर्तिमगरले कतै आफु गरिव भएको कारण न्याय नपाएको होकि भन्दै आवाजले न्याय दिने आशामा रहेको बताउनु भयो। उहाँले न्यायको ढोका ढकढककाउदा समेत न्याय नपाएको दुख व्यक्त गर्नु भयो । करुणाको गत साउन २२ गते घर नजिकैको जङ्गलमा ब’लत्कार भएर झु’न्डिएको अवस्थामा ह’त्या भएको थियो । उहाँको स’म्बेदनशिल अ’ङ्गमा समेत चो’ट लागेको र लगाएको कपडा छ’ताछुल्ल थियो ।

आवाजकी कपिलवस्तु संयोजक चन्द्रा अर्यालको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन रुपन्देही संहसचिव ईन्द्रा विकले गर्नु भएको थियो । कार्यक्रममा स्थानिय, बुद्धिजिवि, समाजसेवि, आवाजका रुपन्देही, कपिलवस्तु सम्पुर्णको उपस्थित रहेेेको थियो ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.