कुलमान घिसिङको चार वर्षे कार्यकाल सकियो, कर्मचारीहरुले औपचारिक विदाई गर्ने

काठमाडौं, २८ भदौ ।


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आज (आइतबार) चार वर्षे कार्यकाल सकिदैछ । प्राधिकरणका कर्मचारीहरुले घिसिङलाई औपचारिक रुपमा विदाई गर्ने बताइएको छ ।वि.सं. २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गर्नुभएका घिसिङ वि.सं. २०७३ साल भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनुभएको थियो ।


घिसिङलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्नुभएको थियो । घिसिङको चार वर्षे कार्यकाल सकिँदै गर्दा प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगो लागेको छैन ।

त्यसोत, घिसिङ दोस्रो कार्यकालका लागि दोहोरिने चर्चा पनि उत्तिकै छ । तर, हालसम्म मन्त्रिपरिषदमा घिसिङलाई दोहो¥याउने गरी प्रस्ताव पुग्न सकेको छैन, भने सोमबार मात्रै मन्त्रिपरिषदको नियमित बैठक भएकाले प्राधिकरणका नयाँ कार्यकारी निर्देशक नियुक्ति बारे निर्णय हुने सम्भावना रहेको छ ।

१८ घण्टासम्मको लोडसेडिङ हटाएर ३४ अर्ब घाटामा रहेको प्राधिकरणलाई ५ अर्बको सञ्चित नाफामा लगेका घिसिङलाई दोहो¥याउन विभिन्न क्षेत्रबाट माग भइरहेको छ, भने अर्को कार्यकालमा दोहोरिन घिसिङ आफैं पनि इच्छुक हुनुहुन्छ ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.