कुलमानलाई पुनःप्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउन माग गर्दै डडेल्धुरामा राँके जु’लुस,,, हेर्नुहोस्।

धनगढीः


कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःल्याउन माग गर्दै डडेल्धुरामा राँ’के जु’लुस निकालिएको छ।

नेपाल विद्यार्थी संघ, डडेल्धुराले उज्यालो नेपाल बनाउन घिसिङ सफल भएकाले पुनःनियुक्तको सरकारलाई द’बाब दिने उद्देश्यले जिल्ला सदरमुकाममा आइतबार साँझ राँके जुलु’स निकालिएको हो।

राँ’के जु’लुस निकालेको केही समयमा नै प्र’हरीले रोकेको थियो। प्रर्दशनपछि भीमदत्त चोकमा कोणसभा समेत गरिएको थियो। कोणसभामा बोल्दै नेविसंघका नेता जगत ऐरले कुलमान घिसिङ पुनः नियुक्त नभए नेविसंघ डडेल्धुरा थप आ’न्दोलित हुने बताए। यो खबर दिनेश खबर बाट साभार गरिएको।

यो पनि हेर्नुहोस्,,,,
प्रधानमन्त्री ओलीलाई भेट्ने कुलमानको प्रयास यसकारण भयो असफल


नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि आइतबार मध्यरातिबाट सकिएको छ । अब उनी अर्को कार्यकालका लागि नियुक्त हुन नयाँ प्रक्रियामा जानुपर्ने हुन्छ । जुन सम्भावना क्षीण भइसकेको छ ।

सरकारले कुलमानलाई निरन्तरता नदिने संकेत यसअघि नै गरेको थियो । त्यसैले गत हप्ता मन्त्रिपरिषदको बैठक नै बसालिएन ।

कुलमानको चार वर्षे पदावधि सकिएलगत्तै उनीपछिका व्यक्तिले कामु कार्यकारी निर्देशको जिम्मेवारी पाउने सम्भावना छ । त्यसपछि कसलाई कार्यकारी निर्देशक बनाइनेछ स्पष्ट भएको छैन ।

घिसिङले प्राधिकरणमा कार्यकारी निर्देशकमा निरन्तरता नपाउनुमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत नहुनु हो । नेकपा अध्यक्ष प्रचण्ड घिसिङलाई नै निरन्तरता दिनुपर्ने पक्षमा थिए । ऊर्जामन्त्री वर्षमान पुन कुलमानलाई पुनः नियुक्तिको प्रस्ताव ठिक्क पारेर बसेका थिए । ओलीले भने ग्रिन सिग्नल नै दिएनन् ।

विश्वस्त स्रोतका अनुसार कुलमान घिसिङले ओलीलाई पटक पटक भेट्न खोजे तर पाएनन् । उनी भेट मिलाउन शक्तिकेन्द्र निकै धाएपनि नसक्नुमा ओलीले उनलाई निरन्तरता नदिने मनशाय राख्नु पनि हो । ओली उनको कतिपय कार्यशैलीप्रति असन्तुष्ट थिए । जुन निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक रुपमा बोलेर दर्शाएका थिए ।

सामाजिक सञ्जालमा कुलमान लोकप्रीय छन् । उनले लोडसेडिङ अन्त र विद्युत चुहावट कम गरको जस लिएका छन् । यत्रो लोकप्रीयता कमाएपनि घिसिङसँग बालुवाटार खुशी भएन ।

कुलमान घिसिङ २९ भदौ २०७३ मा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.