नारायणकाजी श्रेष्ठले भने, नेपाल आमाका सुयोग्य सुपुत्र कुलमान घिसिङको पुनर्नियुक्ति हुनेछ ,,, हेर्नुहोस्।

काठमाडौं ।


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको चार वर्षे अवधि पूरा गरेका कुलमान घिसिङको पुनर्नियुक्तिबारे चासो बढिरहेको छ । आइतबार चार वर्षे पदावधि गरेका घिसिङलाई पुनः प्राधिकरणको प्रमुखमा नियुक्ति हुने चर्चाले सबैको ध्यान तानिरहेको छ ।

आइतबार ऊर्जा मन्त्रालयलाई उद्धृत गर्दै सत्तारुढ नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सहमतिअनुसार घिसिङलाई चार वर्षका लागि प्राधिकरण प्रमुखमा नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीबारे समाचार प्रकाशन भएका थिए।

सोमबार साँझका लागि मन्त्रिपरिषद् बैठक डाकिएको छ । तर, यसको केही घण्टा अगाडि सोमबार अपरान्ह नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले घिसिङको पुनर्नियुक्ति हुनेमा आफू विश्वस्त रहेको जानकारी दिएका छन् ।

१८ घण्टाभन्दा लामो लोडसेडिङ हटाएर जनस्तरमा उच्च सम्मान पाएका घिसिङलाई पुनः नियुक्ति गर्नुपर्ने सर्वसाधारणको माग छ । उनको पुनर्नियुक्ति हुनेबारे जानकारी दिँदै प्रवक्ता श्रेष्ठले घिसिङको योगदान नेपाली जनताले कहिल्यै नबिर्सने बताएका छन् ।

यसबारे सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु ।’यो खबर क्यानडा नेपाल बाट साभार गरिएको।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.