बिदा हुँदै गर्दा कुलमानले यसो भने…पुरा पढ्नुहोस् ।

काठमाडौँ :


अब नेपाल लोड’सेडिङ मु’क्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आम\नेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्या’क्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् लामो समय देखिको दैनिक १६ घण्टा सम्मको लो’डसेडिङ हट्यो ।

नेपाल विद्युत् प्रा’धिकरणमा आएका नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युुत् भार कटौती (लो’डसेडिङ) अ’न्त्य हुुुन्छ भनिरहँदा लोड’सेडिङ तालिका खल्तीमा बोकेर गच्छेअनुसार दियालो, मैनब’त्ती, म’ट्टितेल, इ’न्भर्टर र जेने’रेटरमा अभ्यस्त नेपालीलाई सितिमिति उक्त कुरा साँचो नै लागेन ।

कतिसम्म भने नेपाल विद्युत् प्राधिकरणका क’र्मचारी पनि लोडसे’डिङ मुुलुकको नियति नै भएको विश्वास गर्थे । तर उज्यालो नेपाल सम्भव भयो, लो’डसेडिङ हट्यो, कुलमान ‘सेलिब्रेटी’ बन्नुभयो ।तत्कालीन ऊर्जा ज’लस्रोत तथा सिँचाइमन्त्री जनार्दन शर्माले ऋ’णको भार र ख’स्केको साखका बीच प्राधिक’रण भित्रैबाट क्षमतावान् व्यक्ति खोजेर घिसिङलाई कार्यकारी निर्देशक बनाउनुभयो ।

त्यो नियुुक्ति प्राधिकरणको अवनतिलाई उ’न्नतिमा रूपा’न्तरण गर्ने यो’जनाको सुुरुवात थियो । त्यसका लागि समग्र सरकार र नेपाली जनताको ‘पूर्ण स’मर्थन रह्यो । सातौँ तहको इन्जिनियरका रूपमा प्राधि’करणको से’वामा प्रवेश गरेका घिसिङ कार्यकारी निर्देशकको भू’मिका सफल बनाउँदै आइतबारबाट बि’दा हुनुभयो ।

आफ्नो चारवर्षे कार्यकाल सम्पन्न गरेर जाँदै गर्दा उहाँले गोरखापत्रसँग भन्नुभयो, “संस्थागत सफलता एउटा व्यक्तिले हात पार्ने कुरा होइन; उसको इच्छा शक्ति, माथिको नेतृ’त्व र सहकार्य गर्ने टिमले सफलता दिलाउने हो । मैले काम मात्र गरेको हुँ ।”उहाँले सविस्तार भन्नुभयो, “सम्माननीय प्रधानमन्त्री र सरकारका अन्य नेतृ’त्वको निर्देशन एवं मार्गदर्शन र ऊर्जामन्त्री तथा मन्त्रालयको योजना, नीति तथा कार्यक्रमको प्रभाव’कारी कार्यान्व’यनमार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धि हासिल भएका हुन् ।”

आफूसँगै रहेका कार्मचारीको योग’दान पनि उत्तिकै सराहनीय रहँदै आएको घिसिङको बुझाइ छ । “उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशा’सनिक सुधार गरी प्राधि’करणलाई ना’फामूलक, सबल, सक्षम तथा प्रति’स्पर्धी बनाउन प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारी र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एक जना व्यक्तिको प्रयासबाट मात्रै उप’लब्धि हासिल गर्न सम्भव थिएन”, उहाँले भन्नुभयो ।

प्राधिकरणको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदनले भन्छ, “सो वर्ष खु’द ना’फा १२.३६ प्रतिशतले बढेर ११ अर्ब पाँच करो’ड रुपियाँ पुगेको छ ।’सञ्चित नो’क्सानी शून्य मात्र होइन ना’फामा रू’पान्तरण भएको छ ।”घिसिङ नेतृ’त्वमा आउनुपहिले प्राधिकरणलाई बर्सेनि ऋ’ण दिनुपर्ने र तिर्न नसकेपछि मिनाहा गर्नुपर्ने बाध्यता थियो ।

सरकारले त्यो बेला २७ अर्ब ५३ करोड रुपियाँ ऋ’ण अपले’खन (राइटअप) गर्दा पनि ३४ अर्ब स’ञ्चित नो’क्सानीकै अवस्थामा प्राधिकरण थियो ।नेपाल विद्युत् प्राधि’करणको आधिकारिक ट्रेड युनियनका अध्यक्ष रामेश्वर पौडेल भन्नुहुन्छ, “ प्राधि’करणको छवि र नाफा विस्तार, कर्मचारीसँगको सम्बन्ध तथा जनताको विद्युत् प्राप्तिको अधिकार पूरा गर्ने नेतृत्व प्राधिकरणले पाएकै हो ।”गोरखापत्र

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.