‘खरको घरमा ४ खुट्टे खाटमा सुत्ने हरू अहिले महलमा सुतेका छन्, अनि कहाँ बाट कुलमानलाई पुनः नियुक्ती दिन्छन्,,’- कृष्ण बिसुङ्खे

1 min read

✍ कृष्ण बिसुङ्खे ,डेलि न्युज नेपाल,

सानो अनि सुन्दर प्रकृति ले भरिएको स्वर्ग जस्तो देशलाइ केही भ’ष्ट्राचा’री नेताहरूले धमिराले काठलाई भित्रै भित्रैबाट खोक्रो बनाए झै देशलाई खोक्रो बनाएका छन्।

हिजो का दिनमा हात्ती छाप चप्पल पिटिकपिटिक पड्काउँदै राजनीतिमा आएकाहरू अहिले दायाँ बायाँ सुर’क्षा गार्ड को साथमा करोडौ को गाडीमा सवार छन्।खरको घरमा ४ खुट्टे खाटमा सुत्ने हरू अहिले महलमा सुतेका छन्।खल्तीमा १० रूपैयाँ बोकी २ रूपैयाँ टिकट को टलि बस चढ्ने हरू को अहिले स्विस बैंकमा खाता छ। तर प्रदेशीएका नेपालीहरूले १० औ बर्ष मासिक लाख रूपैयाँको दरले नै कमाए पनि काठमाडौं मा ३ आना जग्गाको टुक्रो किन्न सकेका छैनन्। हातका नङ्ग्रा खियाएर प्रदेशमा जवानी बेचेका युवाहरु ले केही उन्नति गर्न सकेका छैनन् तर हाम्रा देशका अधिकांश नेताहरूले केही बर्ष मै तिन पुस्ता लाई पुग्ने सम्पति जम्मा गरेका छन्।

यस्ता भ’ष्ट्र नेताहरू भाको देश मा देश र जनताको लागि रातको २ बजे सम्म पनि खटिएर देशै उज्यालो बनाउने कुलमान लाई कहाँ टिक्न दिन्छन् र ? कुलमान सर हजुर ले जान्नु भएन यहाँ पद टिकाउन इमान र जमान होइन भ्र’ष्ट नेताहरू को चा’करी गर्नुपर्छ। बिधुत प्राधिकरण बाट ति भ्र’ष्ट नेताहरू लाई अर्बौं आम्दानी भैइरहेको थियो तर हजुरले त ति भ्र’ष्ट हरूको रोजीपानी नै बन्द गरी दिनु भयो अनि कसरी फेरी तपाईं लाई पुनः नियुक्त देलान त ? फेरी हजुर कसैको सम्धि, सालो पनि पर्नु भएन अनि कसरी पुन नियुक्ति पाउने। यहाँ त राम्रालाई होइन हाम्रा मान्छेलाई प्राथमिकता दिईन्छ खै त हजुरले कुरो बुझेको।हजुरले त एक इमान्दार निष्ठावान कर्मचारी को उदाहरण दिनु भयो गरे के हुन्न रहेछ भन्ने कुरा विश्वले देख्ने गरी छर्लङ्गै प्रमाणित पारिदिनु भयो तर बिडम्बना मेरा देशका ठुटे राजाहरु ले देखेनन्।हजुर एक रतिभर पनि उदाश नहुनुहोस् ति ठुटे राजाहरुको मनमुटू मा बस्न नसके पनि ३ करोड नेपालीको ढुकढुकी भइ मनमुटुमा बस्न सफल हुनुभएको छ।

१८ घण्टा सम्म लोडसेडिङ गरी लोडसेडिङ को सेड्युल प्रकाशित गर्ने बिधुत प्राधिकरण मा कुलमान घिसिङ्ग को प्रबेश पछी कार्यकारी निर्देशक समालेको २ महिना मै लोडसेडिङ को अन्त्य गर्न सफल भइ देशै उज्यालो बनाई सारा नेपालीहरू को मन जितेका कुलमान घिसिङ्ग लाई बिदाई गर्दा सारा नेपालीहरू निराश र हतोत्साहीत भएका छन्। ३ करोड नेपालीहरूको मन मुटु मा बस्न सफल भएका कुलमानलाई आखिर किन प्रधानमन्त्रीले चिन्न सकेनन् ?

बिगतको समयमा १८ घण्टा सम्म लोडसेडिङ हुदा लाजले मुन्टो पनि भुइमा लुकाएर अनि ड्रेस नलगाएर हिड्ने बिधुत प्राधिकरण का कर्मचारीहरू कुलमान को कारण आज शानले ड्रेस लगाएर शिर ठाडो गरी छाति फुलाएर हिड्न सकेका छन् तर तिनै कुलमान लाई दुईवटै आखाँ भएर पनि प्रधानमन्त्री ले न त देख्न सके,न त १ धार्नि गिदीले भरिएका टाउकोले सोच्नै सके!! देश देखि बिदेश सम्म छरेर बसेका सम्पूर्ण नेपालीहरू ले जनस्तरबाट व्यापक रुपमा कुलमान घिसिङ्ग को पुनः नियुक्त गरियोस् भन्दा कानमा तेल हालेर बस्ने प्रधानमन्त्री कस्तो!! हुन त सच्चा जनताको भोट ले नेता मन्त्री भाको भए पो देशको माया लाग्छ का’लाबजारी भ्र’ष्टाचा’री गरेको नोट ले नेता मन्त्री भएसि नोटकै माया लाग्दो रहेछ।

चुनाव अघि भोट पाउन जनतालाई थाङ्नोमा सुताउन ३ फिट माथि सम्म उफ्रिदै देश मा रेल देखि पानी जहाज ल्याइदिन्छु र घर घरमा ग्याँस पाइप पुर्याइदिन्छु भन्ने नेता चाहिदैन बरू कार्यकारी निर्देशक समालेको २ महिना मै लोडसेडिङ अन्त्य गर्ने उज्यालो नेपालको नायक कुलमान घिसिङ्ग हामीहरु लाई जसरी नि चाहिन्छ।लामो समयदेखि अ’न्धकारमय रहेको देश लाई उज्यालो नेपाल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुलमान घिसिङ्ग को कार्यकाल पुनःथप नगरेर अ’पमान गर्ने होइन अझ कुलमान घिसिङ्ग को काम हेरेर त कार्यकारी निर्देशक भन्दा नि अझ ठुलो पद मा फुलमाला ले स्वागत गर्नुपर्छ। प्रधानमन्त्री ज्यू हे’क्का रहोस् कुलमान घिसिङ्ग बिधुत प्राधिकरण मा रहिरहे देशमा आर्थिक सुधार भई चाँडै नै देशले काँचुली फेर्नेछ।

जोत्ने गोरुको पुच्छर निमोठ्ने प्रचलनको अन्त्य गरीयोस्। बिधुत प्राधिकरण मा हाम्रालाई होइन ३ करोड नेपालीले रुचाएको कुलमान घिसिङ्ग लाई पुनः नियुक्ती गरियोस्।

अब जनता हरू चुप लागेर बस्ने वाला छैनन् छोटो समयमा नै घाटामा रहेको बिधुत प्राधिकरणलाई अर्बौं फाइदा मा लाने र अन्धकारमय देशमा कष्टकर जीवन बिताइरहेका जनताहरू लाई उज्यालो नेपाल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुलमान घिसिङ्ग को लागि हरेक गाउ गाउ,बस्ति बस्तिबाट सबै जना एकजुट होऔं।अन्तमा ईशा दिज्यू को शब्दमा ‘ Any How कुलमान आउ, कुलमान घिसिङ्ग जिन्दावाद, ओली सरकार चाहिदैन जनता हेप्न पाइदैन।
#I_am_with_kulman_Ghising🥰🥰❣❣🇳🇵🇳🇵👏👏

यो लेख सम्बन्धी कुनै जिज्ञासा सल्लाह सुझाव दिन चाहनु हुन्छ भने लेखक कृष्ण बिसुङ्खे लाई पठाउन यहाँ क्लिक गर्नुहोस्। 👉✍ 👉✍कृष्ण बिसुखें,

लेखक : कृष्ण बिसुङ्खे

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.