हेमराज जोशी भन्नुहुन्छ: – सरकार !! डा.केसि का माग कहाँ निर नाजायज छ्न ?

1 min read

डेलि न्युज नेपाल,काठमाडौं


स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै जुम्लाको एक पाखाको मन्दिरमा अनसन बसेका डा केसीलाई सरकारले गत हप्ता काठमाडौं ल्याएको छ।डा केसिको शिक्षण अस्पताल महाराजगन्ज जाने इच्छा थियो तर डा केसि काठमाडौँ एयरपोर्ट ओर्लन साथ प्रहरीले अ’पहरणको शैलीमा ट्रमा सेन्टर लग्यो र ट्रमामा केसि ओर्लन नमान्दा प्रहरीले बल प्रयोग गरी घो’क्र्याई मुन्ट’याई गरी ज’बर्ज’स्ती ट्रमा सेन्टर मा लगिएको छ। केसिका समर्थकहरूले देश र जनताको लागि सेवा गर्ने सत्त्यग्रही मा बसेका डाक्टर केसि लाई यसरी जबर्जस्ती गर्नु घोर निन्दनीय रहेको बताएका छन्।यति खेर अनशनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै गएकाले कुनै पनि समय आईसीयूमा भर्ना गर्नुपर्ने स्थिति आउन सक्ने चिकित्सकहरूले बताएका छन् ।१४ दिनदेखि अनशनमा रहेका केसीको शरीर कमजोर बन्दै गएको र जतिबेला पनि अवस्था गम्भीर हुनसक्ने भन्दै अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै ३३ अधिकारकर्मीले सरकारसँग अपील गरेका छन्।

यति खेर सामाजिक सञ्जालमा स्वास्थ्य क्षेत्रमा सुधार गर्न माग राख्दै सत्त्यग्रही अनशनमा बस्नुभएको डा केसिको माग पुरा गर्न र भदौ २९ मा ४ बर्ष कार्यकाल पुरा गर्नुभएको उज्यालो नेपालको नायक कुलमान घिसिङ्ग को पुन नियुक्त गर्न जनस्तरबाट व्यापक रुपमा माग भैराखेको छ।

कुलमान घिसिङ्ग को पुनः नियुक्त र डा गोविन्द केसी को माग पुरा गर्नको लागि स्वतन्त्र लेखक हेमराज जोशी लेख्नुहुन्छ।

✍ हेमराज जोशी

हाम्रो स्वास्थयका लागि आफ्नो ज्यानको बाजि राखेर बार बार म’र्न तयार हुने डा. गोबिन्द केसि र आफुले इमानदारिता र लगनसिलता देखायो भने देश मा परिवर्तन आउँछ र हुन्छ भनेर प्रमाणित गरिसकेका ,उज्यालो नेपालका नायक कुलमान घिसिङ जस्ता सच्चा सपूत लाई सरकार ले बेवास्ता गरेपनी हामी जनता ले कुनै पनि हालत मा उहाहरु को साथ समर्थन छोड्नु हुन्न। अब देश र जनताको हित मा काम गर्ने हरेक रास्ट्रसपूत लाई त्यतिकै बिलाउन र हराउन नेपाली युबाहरुले दिनु हुदैन। कुलमान घिसिङ सरको पुन नियुक्ति र डा. गोबिन्द केसि को माग पुरा गर्न को लागि यो समयमा हरेक सच्चा नेपालीहरू एकजुट भई उहाँहरूको लागि आवाज उठाउने बेला आएको छ।

डा.गोबिन्द केसि हाम्रो लागि म’र्न तयार भएका सच्चा नेपाली हुन । यदि आज पनि डा. के सि लाई हामी जनता ले साथ दिन सकेनौं भने पाप लाग्छ हामिलाइ ! यो सरकारले बार बार उनका माग पूरा गर्ने सर्त राख्छ तर बिचमा धोका दिन्छ ,१८ पटक धोका दिए पछि १९ औ पटक सत्याग्रह गर्दै गरेका डाक्टर लाई जबर्जस्ति समातेर लगियो। म यो सरकार लाई एउटा प्रश्न गर्न चाहान्छु ,डा. गोबिन्द केसि का माग कहाँ निर नाजायज छ्न ? जुन सरकारले पूरा नै गर्न सक्दैन। यदि असल सरकार हुदो हो त ,आफ्नो ज्यान को बाजि राखी जनता का लागि आवाज उठाउने एक माहान मानब एउटा उत्कृष्ट डाक्टर को रुपमा सम्मान गर्दो हो। भ्रष्ट ,दलाल माफियाहरुले डा. केसि का माग कहिलै पूरा हुन दिदैनन ! अब यी माफियाहरु का वि’रुद्ध हरेक सच्चा नेपाली ले डा. गोबिन्द केसि लाई साथ दिन पर्छ !जनता का लागि बोल्ने मान्छे बिरलै पाइन्छन ।

हाम्रो सामाजिक संजाल मा बेसारे पानी फोटो ट्रेन्डिङ मा चल्न सक्छ ,कपल च्यालेन्ज जस्ता कुरा हरु ट्रेन्डिङ मा आउँछ अन्य बेतुकका भिडियो हरु भाइरल हुन सक्छ्न भने ,अब रास्ट्र का लागि एउटा अभियान चलाऔ ,रास्ट्र जनता को हित का लागि आफ्नो ज्यान को बाजि लगाउन सक्ने डा. गोबिन्द केसि र उज्यालो को नायक कुलमान घिसिङ उहाहरु दुबै जनालाइ सरकार ले कुनै चासो दिएको छैन अब हामी जनता ले उहाहरु को समर्थन मा उहाहरु को फोटो आफ्नो घर कोठा मा गाउँ घर को चोक चोक मा टास्दै गरेको भिडियो फोटो सामाजिक संजाल मा पोस्ट गरौ र च्यालेन्ज गरौ र यो बिषय सामाजिक सन्जाल मा भाइरल बनाऔ।

कोरना मा’हामा’री आफ्नै घर कोठा मा बसेर उहाहरु को समर्थन पनि हुने र रास्ट्रलागि लागि राम्रो काम गर्ने मान्छे लाई जनता ले सम्मान गर्छ्न भन्ने सन्देश पनि जान्छ र अन्य रास्ट्र र जनता का लागि काम गर्ने मान्छे लाइ यो हाम्रो सानो कार्य ले उहाहरु लाई पनि सामाज मा केही गर्न अझ हौसला बढ्छ तसर्थ सबै ले एक चोटि यो च्यालेन्ज लाई स्विकार गरौ ! मेरो कुरा मा सहमत हुनु हुन्छ भने प्रत्येक रास्ट्र प्रेमी नेपालि लाई यो मेसेज फरवार्ड गर्नुस 🙏🙏

लेखक: हेमराज जोशी

यस्तै यस्तै ताजा खबर समाचार र लेखहरु पढ्नको लागि Daily News Nepal लाई लाइक फलो गर्नुहोस्। 👇👇👇👇

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.