प्रचण्ड लगायतका नेकपाका नेता कार्यकर्तालाई ओलीसँगै सती नजान बाबुराम भट्टराई को सुझाव ,,, हेर्नुहोस्।

1 min read

काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली कुबाटोमा भएको बताउनुभएकाे छ ।

“नेकपाको विवाद उत्कर्षमा पुगेको बेलामा पूर्वप्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्ना पूर्वसहकर्मी पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेकपाका नेता कार्यकर्तालाई ओलीसँगै सती नजान सुझाव पनि दिनुभएकाे छ ।

“विश्व कम्युनिस्ट आन्दो’लन धरासायी हुनुको प्रमुृख कारण मुल पार्टी/नेतृत्व’ले रंग फेरेपछि बाँकी कार्यकर्ताले विद्रो’ह गर्न नसक्नु भएकाे भट्टराईकाे भनाइ छ । ‘विश्व कम्युनिष्ट आ’न्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी/नेतृ’त्वले रंग फेरिसकेपछि पनि बाँकी नेता/कार्यकर्ताले बेलैमा वि’द्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको? ’ सोमबार एक ट्वीट गर्दै उहाँले प्रश्न गर्नुभएकाे छ ।

“डा. भट्टराईले ओली कुबाटोमा रहेको निष्कर्ष निकाल्नु भएकाे छ । उहाँले लेख्नुभएकाे छ- ‘ओली आफ्नो कुबाटोमा दृढ छन् अरू उनको सती जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने?’

“गैर कम्युनिस्ट पार्टीमा आव’द्ध भए पनि भट्टराईले कम्युनिस्ट पार्टी र विचारमा बेलाबेलामा टिप्पणी गर्दै आउनुभएकाे छ ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.