काठमाडौं महानगरपालिका : निःशुल्क खाना अभियान हटाऊ,सरकार को बेइज्जत भयो… हेर्नुहोस्।

काठमाडौं : काठमाडौं महानगरपालिकाले प्रहरी प’रिचालन गरेर नि:शुल्क खाना खुवाउने अभि’यान प्रतिब’न्ध लगाएको छ । सार्वजनिक स्थलमा खाना खुवाउदा सरकारको बेइ’ज्जत भएको भन्दै प्रहरी नै खटाएर प्रति’बन्ध गरेको हो ।अहिलेको अवस्थामा सडकमा खाना खुवाउनु पर्ने अवस्थाका मानिसहरु नभएको तथा यदी भइहाले सरकारको तर्फबाट मानव सेवा आश्रममार्फत त्यस्ता मानिसहरुको उद्धा’र गरेरे व्यवस्थापन गरिरहेको महानगरको दा’वी छ ।

त्यस्तै सडकमा खाना खानुपर्ने अवस्थामा मानिस बाहेक अन्य मानिस अरुपनि खाना बाँड्दै गरेको ठाउँमा आएर खाने गरेकोले नि:शुल्क खाना अभियान महानगरले प्रतिब’न्ध लगाएको जनाएको छ ।महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको निर्दे’शनमा खटिएका प्रहरीहरुले केहि दिन

अघिबाट अभियान्ताहरुलाई निशुल्क खाना अभियान बन्द गराइरहेका छन् । महानगरपालिकाले खाना खुवाउने भए होटल तथा पार्टी प्यालेसहरुमा लगेर खाना खुवाउन अ’नुरोध गरेको छ।सार्वजनिक तथा सडकहरुमा खाना खुवाउदा फोहोर हुने र सरकारको बेइ’जत हुने महानगरको भनाइ छ ।

कोरोना महा’मारी फैलिएपछि रोजगारी गुमा’एर खाना खान नपाएकाहरुलाई केही अभियान्ताका साथै कलाकारहरुलेसमेत काठमाडौंका खुलामञ्च तथा खाली भागहरुमा बसाएर खाना खुवाउने व्यवस्था मिलाइरहेका थिए ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.