आराम छु ! आरामको कामना गर्दछु,हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ : मनोज गजुरेल
मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य / सामाजिक सन्जालमा आएका कुरा गलत
काठमाडौं । कार्तिक १० गते देखि कोरोना सक्रमण भएर उपचार गराइरहेका बरिष्ठ हास्यकलाकार मनोज गजुरेलको अवस्था सामन्य भएको गजुरेल आफैले सामाजिक सन्जालमा लेखेका छन । उनको मुत्युको झुठो खबर एकाएक सामाजिक सन्जाल भरी फैलिएपछि उनि फेसबुक स्टाट्स मार्फत हिजो भन्दा आज धेरै राम्रो भएको जानकारी गराएका छन।
गजुरेल घरमै आइसोलेसनमा बसिरहेका थिए र अचानक फोक्सोमा समस्या देखिएपछि उनी अहिले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका छन। शरिरमा अक्सिजन लेभल कम भएपछि उनलाई बिहिबार सशस्त्र प्रहरी अस्पताल लगिएको थियो ।
मनोज गजुरेल आफ्नो फेसबुकमा यस्तो लेख्छन :
आराम छु,आरामको कामना गर्दछु। हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यबाद।