बर्तमान सरकार पुर्णतः असफल भएको भन्दै विर गोर्खाली (ATF) ले राजसंस्था पुनस्थापनाका लागि बर्दियामा मोटरसाइकल र्याली गर्दै,,,हेर्नुहोस्।

1 min read

कोहलपुर । देश र श्रीपेच वचाउने उदेश्यका साथ
राजसंस्थाको पुनस्थापनाका लागि देशव्यापी अभियान थालेको वीर गोर्खाली(ATF) ले बर्दियामा बृहत मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शन गर्ने भएको छ ।

यही बुधबार बिहान ११.३० बजे बर्दियाको बाँसगढीमा शक्ति प्रदर्शनसहित मोटरसाइकल र्याली निकालिने आयोजक बर्दिया जिल्ला संयोजक प्रेम कुवरले जानकारी दिएका छन् । देशको सार्बभौमसत्ता र राष्ट्रिय अखण्डताका लागि राष्ट्रिय एकतासहित राजसस्था पुनस्थापनाको विकल्प नभएको भन्दै यो अभियान थालिएको उनले बताए !!!!

बर्तमान सरकार पुर्णतः असफल भएको आरोप लगाउदै राजसंस्थाको पुन;स्थापनाबाट मात्रै देशले निकाश पाउने भएकाले सम्पुर्णलाई र्यालीमा सहभागि भएर राजसंस्था पुनःस्थापनाको लागि दबाब दिन र जनताको अभिमत शक्ति प्रदर्सनबाट देखाउन आब्हानसहित देशव्यापी अभियान स्वरुप बर्दियाको बासगढीमा समेत मोटरसाइकल र्यालीको अन्तिम तयारी थालिएको बिर गोर्खाली (ATF) सुर्खेत जिल्ला संयोजक राजकुमार शाही ठकुरीले जानकारी दिए ।

कार्यक्रममा सहभागी हुन वीर गोर्खालीका अभियान्ताहरुको समेत उपस्थिति रहने बताइएको छ । कार्यक्रममा सहभागी हुन सम्पुर्ण देशभक्त नागरिकहरुलाई अपील समेत गरिएको छ !!!

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.