विदेशबाट फर्केकालाई १० र शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख ऋण दिइने…

1 min read

काठमाडौँ — सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज दरमा ७ लाख रुपैयाँसम्म ऋण दिने उल्लेख गरे ।

सरकारले प्रधानमन्त्री रोजगारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि
सरकारले ३ अर्व १० करोड रुपैया बजेट छुट्टाएको छ ।
सार्वजनिक रोजगारी प्रत्याभुतिको लागि छुट्टै विद्येयक संसदमा पेश गर्ने भएको छ । सरकारले रोजगार सुचना केन्द्र स्थापना, समान कामको लागि सामान ज्याला, आन्तरीक श्रम निरिक्षण गर्ने भएको छ ।
वैदेशिक रोजगारीबाट फर्केका कामदारको सीप परीक्षण गरि उद्यम गर्नको लागि १० लाखसम्म ऋण दिने योजना ल्याएको छ । सीप सिकेका कामदारलाई मात्रै वैदेशिक रोजगारीमा जान दिने र ७ वटै प्रदेशमा श्रम स्वीकृतिको लागि कार्यालय स्थापना गर्ने भएको छ ।
त्यसैगरी च्यालेन्ज फन्ड स्थापना गर्ने, वैदेशिक रोजगारीको कार्यमा संलग्नलाई आन्तरिक रोजगार सिर्जनमा प्रयोग गर्ने भएको छ ।
source kantipur news
read more
विभेदकारी ज्याला बृद्दी गर्ने कोरियाको तयारि….कोरियाको संसदले मजदुर कानुनको परिबर्तन तथा मासिक बोनस बृद्दी सम्बन्धि कानुन पास गर्ने तयारीमा छ l गत हप्ता कानुनबिध तथा संसदीय मजदुर समिति बीच भएको सहमति अनुसार महिनामारी बोनस ,यातायात तथा आवास खर्च बृद्दी गर्ने तयारि गरेको भएता पनि केहि बिश्लेसक हरु यसमा सहमत छैनन् l आउदो बर्षको लागि महिनामारी बोनसमा २५ प्रतिशत , आवास तथा यातायात खर्चमा न्युनतम तलबको ७ प्रतिशत बृद्दी गर्ने संसदीय मजदुर समितिले तयारि गरेको छ l यद्वपि न्युनतम ज्याला बृद्दीको लागि भने कुनै तयारि गरेको छैन l न्युनतम ज्याला बृद्दी नगरी बोनस तथा अन्य शिर्षकमा ज्याला बृद्दी गर्दा समानता हुन् नसक्ने भन्दै मजदुर संगठन भने यसको बिरोधमा छ l उक्त नीतिले धेरै ज्याला लिने कामदारको मासिक तलबमा थप बृद्दी हुने छ भने थोरै ज्याला हुने मजदुरको कम बृद्दी हुने छ l त्यसो त कतिपय कम्पनीमा मासिक बोनस दिने नियम नै छैन l उक्त नीतिले बोनस नदिने कम्पनीमा कार्यरत मजदुरको कुनैपनि ज्याला बृद्दी नहुने मजदुर संगठनको ठहर छ l उक्त नीतिले मजदुर मजदुर बीच विभेद निम्त्याउने भन्दै फेडेरेसन अफ कोरिया ट्रेड युनियन लगायत अन्य मजदुर संगठन हरु यसको बिरोधमा निरन्तर संघर्षमा छन् l सन् २०११ देखि न्युनतम ज्यालामा ८.१ प्रतिशत भन्दा बृद्दी नगरेको सरकारले गत बर्ष १६.,४ प्रतिशत ज्याला बृद्दी गरेको थियो l राष्ट्रपति मुन ले इन को सन् २०२० सम्म प्रति घण्टा १०हजार वन पुर्याउने चुनाबी घोषणा अनुसार २०१९ को लागि १६ प्रतिशत तथा सन् २०२० मा पनि १६ प्रतिशत न्युनतम ज्याला बृद्दी गर्नु पर्ने हुन्छ l

source: hello nepal korea dot com

read more .  दक्षिण कोरियासँग श्रम समझदारी नवीकरण

१४ जेठ, काठमाडौं । सरकारले दक्षिण कोरियासँग भएको श्रम समझदारी नवीकरण गर्ने निर्णय गरेको छ । दक्षिण कोरियासँग नेपालले हरेक दुई-दुई वर्ष श्रम नवीकरण गर्दै आएको छ ।

यसपटकको श्रम समझदारी सकिन लागेकाले आइतबार राति बसेको मन्त्रिपरिषद बैठकले नवीकरण गर्ने निर्णय गरेको

गणतन्त्र कोरिया नेपालको आकर्षक श्रम गन्तव्य हो । ईपीएस भाषा परीक्षा पास गरेर हरेक वर्ष नेपालीहरु काम गर्न कोरिया जाने गरेका छन् ।

मन्त्रिपरिषदको बैठकले श्रम नियमावली २०७५ स्वीकृत पनि गरेको सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले जानकारी दिए ।

यसैगरी चितवनको इच्छाकामना गाउँपालिका ६ को चार किलो भन्ने स्थानमा गत साउन ८ गते गएको पहिरो हटाउने क्रममा ज्यान गुमाएका ४ जना प्रहरीका परिवारलाई १० लाखको दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि भएको छ ।

शिक्षाको अधिकार सम्बन्धी विधेयक र संघीय शिक्षा विधेयक तर्जुमा गर्न मन्त्रिपरिषदको सैद्धान्तिक सहमति दिने र सरकारको नीति तथा कार्यक्रम पारित गर्न सहयोग गर्ने सबै सांसदहरुलाई धन्यवाद दिने निर्णय पनि भएको सरकारका प्रवक्ता बास्कोटाले बताए ।

२०७५ जेठ १४ गते ९:२७ मा प्रकाशित
online khabar bata

Read more

किन कोरियामा नेपालीले नै नेपालीलाई पिडा दिन्छन? पैसामा हराएको मन ।

आदर्श के.सी

हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

विराटनगरका एक क्षेत्री थरका युवालाई नेपालगञ्जका सिंह थरका व्यक्तिले कामको विषयमा गरेको दुव्र्यवहारको विषयमा सामाजिक सञ्जालमा टिकाटिप्पणी भरिभराउ भयो । आफू पहिला नै कोरिया छिरेको ध्वाँस र कोरियाको एक बंगुर फार्ममा आफू शानदार रुपमा काम गरेको रबैयाका साथ अत्यन्तै अश्लील र तुच्छ शब्दद्वारा गाली गरेको उनको फोन अडियो निकै आलोचित बन्यो । त्यो फोन अडियो कोरियाबाट चलाइएका नेपाली युट्यूब च्यानल, अनलाइन तथा फेसबुकमा निकै भाइरल बन्दै गयो । मे महिनाको पहिलो साता तिर सार्वजनिक भएको त्यस अडियोमा एक वर्ष अगाडि कोरिया आएका ती क्षेत्री थरका युवालाई कामको कडा निर्देशनसँगै गालीका वर्षाहरु छाडा रुपमा प्रयोग गरिएको थियो ।

नेपालीले नेपालीलाई गरेको दुव्र्यवहार सार्वजनिक भएपछि सामाजिक सञ्जालमै त्यस्तो व्यवहार गर्ने सिंहप्रति थामिनसक्नुको आक्रोस बढ्यो । घृणित व्यवहारको अडियो सुन्ने जो कोहीलाई पनि आक्रोश पक्कै बढेर आउँथ्यो । त्यो विषय अरु केही नभै कोरियनको काम राम्रोसँग गर चाँडै गर भन्ने विषय रहेछ । पटक–पटक पीडितमाथि नेपाली ती युवाबाट कुटपिट समेत भएको रहेछ ।

लेखक तथा पत्रकार

कुटपिटबाट उनको छातीमा समेत चोट रहेछ । बाध्य भएर उनले यस विषयमा एक जना नेपाली सञ्चारकर्मीको सहयोगमा सामाजिक सञ्जालमार्फत न्यायको लागि गुहारेका रहेछन् । प्रवासी मजदुर संगठनका महासचिव मधुसूदन ओझाले गम्भीरतापूर्वक लिएर सत्यतथ्य खोजविन तिर लाग्नुभयो । पीडितले मागेजति क्षतिपूर्ति पाउने र त्यस्तो व्यवहार गर्ने ती नेपालीले माफी मागी सामाजिक सञ्जालमा राख्ने सहमति पछि अहिले त्यो विषय मिलेको छ ।

यो त एउटा प्रतिनिधिमूलक घटना मात्रै मान्न सकिन्छ । कामको सिलसिलामा कोरिया पुगेका नेपालीहरुमा देखिँदै गएको अनुदारता, हराउँदै गएको दया, माया साँच्चिकै गम्भीर विषय हो । सबै नेपालीमा त्यसो नहुन सक्छ, तर धेरैमा दम्भ, घमण्ड, इष्र्या, अपमान जस्ता बानीको विकास हुँदै गएपछि नेपाली एकता र नेपालप्रतिको स्नेह धरापमा छ । समस्यामा परेका नेपालीको उद्दार र सहयोगको लागि कोरियामा रहेका नेपाली सामाजिक सघं सस्था र तिनका अभियन्ताले नै केही हदसम्म अग्रसरता लिएको अनुभुति हुन्छ । कोरियामा सहयोगी नेपाली मन नभएका पनि होइनन् तर असहयोगीको झुण्ड बाक्लो छ ।

नेपालीबाट नेपाली नै पीडित भएका अनेकौं घटनाहरु छताछुल्ल रुपमा कोरियामा भेटिने गर्छन । कम्पनीमा सँगै काम गर्दा पहिला आएकोले पछि आएकालाई हेपाहा व्यवहार गर्ने, यात्रामा भेट हुँदा अलपत्र परेको नेपालीलाई मतलब नगर्ने, चिने पनि नचिनेको झैँ गर्ने खालका गुनासा कति हो कति सुनिन्छन । यस्ता घटना तथा गुनासाले विदेशमा नेपालीको एकतामा संकट हुँदै गएको र मातृभूमिलाई ठूलो प्रहार गरेको आभाष हुन्छ । यस्तो संस्कारको विकास बढेमा नेपाली मानवीयताको ठूलो खडेरीको रुपमा चित्रण गर्न सकिन्छ । यसरी हामी कस्तो समाजको कल्पना गर्दैछौँ ?

हामीले चाहेको संस्कार कस्तो हो ? कोरियनलाई देख्दा एकहात शीर निहुरिएर सम्मान गर्ने नेपालीले आफ्नो देशको नागरिकलाई कुनै मतलब गर्दैन भने उबाट नेपाली समाजले के आशा अपेक्षा गर्ने ? अझ त्यही एकहात शीर झुकाएर सम्मान गर्ने कोरियनलाइ खुशी बनाउन आफ्नो मातृभूमिको सन्तानलाई कुटपिट गर्छ, गाली गर्छ भने त्यसलाई असल नेपाली नागरिक कसरी भन्ने ? भनिन्छ ,अनुशासनमा कोरिया अत्यन्तै उत्कृष्ट छ, तर त्यो अनुशासन हामी नेपालीले सिकेर व्यहारमा देखाएको खै ? विदेशीलाइ खुशी बनाउन नेपाली आमाको छातीमा लात बजार्नु जति बदनाम के हुन सक्छ ? यस्ता धेरै प्रश्नहरुले नेपालीपन र नेपाली मन रन्थनिने गरेको छ ।

म आफैले भोगेको कुरा, मे ६ मा राजधानी सौलमा गगन थापाले सम्बोधन गर्ने एक कार्यक्रममा सहभागी हुन छन्नानको रेल स्टेसनमा गएर टिकट लिएँ । तर मलाई रेल लाइन पत्ता लगाउन निकै समस्या भयो । मसँग झण्डै दश मिनेट मात्रै समय थियो । स्टेसनका कर्मचारीले उतातिर मात्रै भने, उता गएको यतातिर होइन भने, यस्तै गर्दा पत्ता लगाउन नसकेर मेरो रेल छुट्न थाल्यो ।

लाइन खोज्दाखोज्दै एउटा लाइनमा दुई जना नेपाली कुरा गर्दै उभिरहेको देखेर खुशी हुँदै मेरो समस्या राखेँ । तर ती दुई जना मतिर हेर्दै थाहा छैन मात्रै भने । उनीहरुको त्यस्तो व्यवहारले मलाई अति नै घृणीत बनायो । उनीहरु अलि लामो समय कोरिया बसेको, अनुभवी अनि नेपाली पनि भए । त्यसैले खुही हुँदै रेलको लाइन कता होला भन्दै सोधेको त मतलब नै दिएनन् । खिन्न मन बनाउँदै म फेरि टिकट काटेको ठाउँ तिर पुगे । एकजना कोरियनलाई टिकट देखाउँदै सहयोग मागेँ । उसले रेल छुटने समय एक मिनेट मात्रै भएको भन्दै हतारमा लाइन पत्ता लगाएर मलाई समातेर रेल चढायो ।

यो घटनाले मलाई निकै सोच्न बाध्य बनायो, मेरो मन मस्तिष्कमा अनेकन भावहरु आए । कोरियामा हामीले धन पायौँ, मन गुमायौँजस्तो लाग्यो । एउटालाई दुख्दा ऐय्या भन्ने नेपाली, कोरियामा ठिक भयो भन्दै रमाउने अवस्था आएछ क्यारे । हामी त श्रम बेच्न आएका हौँ, हामीले गरेको श्रमबाट देशले समेत आर्थिक सबलता पक्कै लिएको छ । यहाँ त, आफ्नै दाजुभाइबीचमा खाडल बनाउन, नेपालीप्रतिको स्नेह, मोह र सम्मान उजाड बनाउन केही नेपालीको व्यवहारले भूमिका खेलेको रहेछ ।

कोरियामा नेपाली मन किन यति धेरै अनुदार र असहयोगी भएको होला ? म यसका कारणहरु थोरै भए पनि केलाउन तिर लागे । हाम्रो कमजोर आर्थिक हैसियत फेरिनु जसले दम्भ, घमण्डको भावना विकसित हुँदै जानु प्रमुख कारण रहेछन् । के त्यसो भए पैसा कमाएपछि हामीले हाम्रो विगतको हैसियत पैसामा बिक्री गरेका हौँ त ? भनिन्छ नि दया, माया, इज्जत, इमानदारिता आदि पैसाले किनबेच गर्ने विषय होइन । तर हामी नेपालीले हाम्रो आफ्नै मन पैसामा आफैसँग किनबेच गर्दैछौँ । हामी नेपाली विदेशी भूमिमा एक अर्काको सम्मानमा चुक्याैँ भने नेपालीको सराप लाग्नेछ । नेपाल आमाप्रतिको गम्भीर अपमान हुनेछ ।

जसमा यस्तो स्वभाव छैन उहाँहरुलाई सलाम छ । जसमा यस्तो स्वभाव विकसित हुँदै गएको छ कृपया सुधार गरौँ । हाम्रो नेपाली मायालाई संसारमा जीवित बनाऔँ । कोरियामा तपाईँले गरेको कडा मेहनत र परिश्रमले पैसा मात्रै कमाउन होइन, कडा अनुशासन तथा एक अर्काप्रतिको सम्मान र प्रेमभावको विकास पनि सिकाए राम्रो । जीवन कोरियामा नै बिताउने त होइन होला, पैसा कमाएपछि त हामी फर्कनु पर्ने सबै नेपालमै हो । हामीलाई चाहिने त हाम्रा नेपाली दाजुभाइहरु नै हुन् । त्यसैले नेपालीपनको विकास सबैसँग होस् । जय स्वाभिमान ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.