कोरियाबाट फर्केकालाई सहुलियत ऋण: तिन वर्ष अघिको योजना बजेट मार्फत घोषणा…

1 min read

रोजगारका लागि कोरिया लगायत अन्य देशबाट फर्केका नेपाली कामदारको सीप परीक्षण गरि उद्यम गर्नको लागि १० लाखसम्म ऋण दिने योजना बजेट मार्फत सरकारले ल्याएको छ । झण्डै ३ वर्ष अघि इपिएस शाखाका प्रमुख हुदा डिल्लीराम बास्तोलाले कोरियाबाट फर्केका कामदारलाई सहुलियत ऋण कार्यबिधि मस्यौदालाई मन्त्रालयमा पठाएकोमा श्रम बैकका कारण देखाई मन्त्रालयले उक्त कार्यविधि रोकेको थियो ।

कोरियाबाट फर्केका कामदारलाई उद्यमशीलता तालिम तथा सहुलियत ऋण प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७२ को मस्यौदामा उद्यम/व्यवसाय गर्न चाहने नेपाली कामदारले निःशुल्क उद्यम तालिमका साथै ५ प्रतिशत ब्याजदरमै २० लाख रुपैयाँसम्म कर्जा पाउने व्यवस्था गरिएको थियो । हाल दक्षिण कोरियामा श्रम कन्सुलरका रुपमा रहेका बास्तोलाले आफूले अघि सारेको योजना बजेट कार्यक्रमबाट सुन्न पाउदा खुशी लागेको बताए ।उनले सीप तालिम र ऋण प्रवाह सहज , सहजिकरण र परामर्श दिने निकाय तोकिएमा शिघ्र नतिजा सम्भव भएको बताए।

सरकारले सीप सिकेका कामदारलाई मात्रै वैदेशिक रोजगारीमा जान दिने र ७ वटै प्रदेशमा श्रम स्वीकृतिको लागि कार्यालय स्थापना गर्ने भएको छ । त्यसैगरी च्यालेन्ज फन्ड स्थापना गर्ने, वैदेशिक रोजगारीको कार्यमा संलग्नलाई आन्तरिक रोजगार सिर्जनमा प्रयोग गर्ने भएको छ ।

source: hello nepal korea dot com

read more

लेखक: डोनिल के सि

सम्पादन:Eps Work Channel

यथार्थता र वास्तविकता: आउने बर्ष २०१९ को लागी नेपालबाट कोरिया कामदार भित्राउने कोटा १०,२०० जना भन्ने न्युज बिभिन्न पत्रीकाहरु र अनलाईन न्युज हरुमा पढ्न र देख्न पाईयो,यो सरासर गलत र भ्रामक कुरा हो!!!

पटक पटक स्पस्ट गराइसकेको कुरा के हो भने नेपालबाट प्रत्येक बर्ष पास गराउने कोटा र प्रत्येक बर्ष कोरिया भित्राउने कोटा फरक फरक हुन्,पास भएका हरु सबै कोरिया आउछन भन्ने कुनै ज्ञारेन्टी छैन्!!!!

पोहोर साल २०१७ मा नेपालबाट कोरिया पठाउने कोटा १२ हजार भन्ने न्युज पोहोर पनि आएको थियो,जुन वास्तबमा कोरिया आउने(इस्यु कोटा) कोटा नभएर पास गराउने कोटा मात्र थियो,र तेसै अनुसार पास पनि गराइयो(उत्पादन्मुलक मा लगभग ४५०० र कृषि तर्फ लघभाग ७५००)!!!!

यदी कोरिया भित्राउने कोटा पोहोरको १२ हजार नै हुन्थ्यो भने लगभग १२ हजार सबै यो बर्ष २०१८ भित्र आईसक्नु पर्ने हुन्छ्,जुन कुनै पनि हालतमा सम्भव देखिदैन्!!!!पोहोर साल कृषितर्फ ७५०० पास गराउनु अनि अहिलेसम्म जम्मा २५०० जनाको पनि इस्यु हुन नसक्नुले सबै कुरा प्रमाणित गरिसकेको छ्,यस बिषयमा थप स्पस्ट गरिराख्नु पर्छ जस्तो लाग्दैन्!!!!

अहिले न्युज मा आएको कोटा चाही खाली पास गराउन सक्ने कोटा मात्र हो,वास्तबमा कोरिया एक बर्ष भित्रमा भित्राउने कोटा त्यो होइन्,साधारणतया अहिले सम्मको ट्रेण्ड हेर्दा हेर्दा नेपालबाट कोरिया आउने कोटा(इस्यु कोटा)६०००-७००० छ्,प्रत्यक बर्श अलि कती थप घट चाही हुन सक्छ्!!!!

२०१९ मा कती कामदार कोरिया भित्राउने अनि बिभिन्न १६ देश बाट कति कति कामादार भित्राउने भन्ने कुरा(वास्तबिक इस्यु कोटा)बर्ष को अन्तिम (लघभाग डिसेम्बर )तिर मात्र कोरिया सरकारले घोषणा गर्छ,बर्ष भरिमा जम्मा कति लट इस्यु गराउने ? ? ?कुन लटमा कती सङ्ख्या इस्यु गराउने ? ? ?कुन कुन क्षेत्रको इस्यु गराउने ? ? ?भन्ने सबै त्यो बेला मात्र थाहा हुन्छ।

पास धेरै हुँदैमा कोरिया आउन पाईने भन्दा नि जती थोरै सन्ख्यामा पास गराउछ तपाईको कोरिया आउन सक्ने सम्भावना तेति नै बढ्छ्,पासर बढी हुँदा आउन पाउने सम्भावना घट्दै जान्छ कुरोलाईइ यसरि बुझ्नुस्(बिस्वास नलाग्नेले २०१३ को पासर कती थिए,कती जना आउनै नपाई रोस्टर बाट नाम हट्यो ? ? ?एकपटक पुरानो डाटा हेर्नु होला)

अन्त्यमा,नयाँ जाच दिन लाग्नु भएका मित्रहरु धेरै भन्दा धेरै पास हुन सक्नुस्,२०१७ का पासर जो वेटिङ मा उहा हरुको इस्यु होस्(स्पेसल्ली कृषि तर्फ्)!!!! धन्यबाद्!!!

read more

सोल — दक्षिण कोरियामा नेपाली कामदार भित्रिने रोजगार प्रणाली (इपिएस)को कोटा आगामी वर्ष सन् २०१९ को लागि १० हजार २ सय तोकिएको छ ।

मंगलबार सोलस्थित दूतावासमा आयोजित ११ औं गणतन्त्र दिवसको शुभकामना आदनप्रदान कार्यक्रममा राजदूत अर्जुन जंगबहादुर सिंहले जानकारी दिएका हुन्। राजदूत सिंहले कोरियन सरकारले अघिल्लो वर्षभन्दा यसपालि नेपालको लागि इपिएस कोटा बढाएको बताए।

यसैवर्ष नेपाल र कोरियाबीच इपिएस प्रणालीको पुन: सम्भौता गरिने पनि उनको भनाइ थियो। सन् २००७ बाट सुरु भएको इपिएस प्रणालीबारे हरेक दुई वर्षमा पुन: सम्झौता गरिँदै आएको छ। इपिएस प्रणालीमार्फत कोरियामा रहेका १५ देशका कामदारहरुमध्ये नेपाली इमान्दार र मिहेनती भएकाले नै कोटा बढाएको राजदूत सिंहले स्पष्ट पारे। कोरियामा हाल कानुनी र गैरकानुनी गरी करिब ३५ हजार नेपाली कामदार रहेको अनुमान छ।

कार्यक्रममा गणतन्त्र देश कोरियामा रहेका नेपालीहरुले एकअर्कामा सद्भाव र सहकार्य गर्दै नेपालको अबको आर्थिक विकासमा टेवा पुर्‍याउन सके गणतन्त्र दिवसको सान्दर्भिकता हुने धारणा वक्ताहरुले राखे।

कार्यक्रममा कोरियाका लागि पर्यटन प्रतिनिधि तथा एनआरएन कोरियाका संरक्षक केपी सिटौला, एनआरएन एसिया प्यासिपिक महिला संयोजक जुनु गुरुङ, एनआरएन कोरियाका अध्यक्ष लक्ष्मी लामा गुरुङ, एनसीसीकी अध्यक्ष अञ्जु केसीलगायत उपस्थित थिए।
प्रकाशित : जेष्ठ १५,

कान्तिपुर सम्बादाता

 

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.