आकार विगारीएको नेपालका नक्सा इन्टरनेटमा छ्याप छ्याप्ती..भिडियो सहित…

पछिल्लो समय आकार विगारी कालापानी क्षेत्र नै गायब पारिएका नेपालका नक्सा इन्टरनेटमा छ्याप छ्याप्ती भेटिन्छन् । यतिसम्म कि सरकारसँग स्वीकृति नै नलिई कतिपय विदेशी अनलाईनले नेपालका अनधिकृत नक्सा बेचिरहेका छन् । तर, गलत नक्सा बनाएर इन्टरनेटमा राख्ने र गैरकानूनी कारोबार गर्नेमाथि सरकारले छानविन र कारवाही गर्न सकेको छैन । रिपोर्ट –

नमस्ते नेपाल नामक प्रयोगकर्ताले युट्युबमा अपलोड गरेको यस भिडियोमा कालापानीको भूभाग गायब पारी नेपालको नक्सा बनाउन सिकाइएको छ । यो भिडियो अहिलेसम्म २६ हजार पटक हेरिएको छ। यस्तै, अमित डंगोल नामको एकाउन्टमा पनि कालापानी क्षेत्र नै नभएको नक्सा राखिएको छ, जुन १ लाख ३१ हजारले हेरिसकेका छन् । नेपाल प्रहरीका पूर्वअधिकृतको परिचय राखेर नारायण चन्द ठाकुरले ब्लगमा राखेको यो नक्सामा पनि कालापानी छैन । भारतबाट सञ्चालित पहार डट. कम. डट इन नामक अनलाइनले त अनधिकृतरुपमा नेपालको नक्सा निशुल्क डाउनलोड गर्न मिल्ने बनाएको छ । अमेरिकाबाट सञ्चालित ओमनी म्याप डटकमले गैरकानूनीरुपले नेपालको नक्सा १४ डलरमा बेच्दै आएको छ । गुगल लगायत सर्च इन्जिनमा स्रोत नखुलाएका यस्ता अनधिकृत नक्सा बग्रेल्ती भेटिन्छन् । तर, इन्टरनेटमा गलत नक्सा कहाँबाट कसले अपलोड गरिरहेको छ भन्नेतिर सरकारले खोजबिन नै गरेको छैन ।

स्रोत नखुलाई, अनधिकृत वा गलत नक्सा प्रकाशन गर्नेलाई २० हजार रुपैयाँ जरिवानादेखि सामग्री जफत गर्ने कानूनी प्रावधान छ । सूचना प्रविधि विभागले इन्टरनेटका गलत नक्सा पूर्णरुपमा हटाउन नसकिए पनि नियन्त्रणका लागि तत्काल पहल थाल्ने बताएको छ । नापी विभागका अनुसार नेपालको पश्चिमोत्तर कालापानी भनिने क्षेत्र हटाउँदा करिब ३५ सय हेक्टर भूभाग गायब हुन्छ । यस्ता त्रुटीपूर्ण नक्साको प्रयोग र प्रसार रोक्ने पहलै नगर्नुले सरकारी निकायकै संवेदनहीनतालाइ दर्शाउँछ ।

कान्तिपुर

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.