तेस्रो मर्स्याङ्दी च्याम्पियनसिप फुटबलको उपाधी धरान एफसिलाई

1 min read

लमजुङ एफसी दक्षिण कोरियाले अायाेजना गरेकाे तेस्रो मर्स्याङ्दी च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधी धरान एफसीले हात पारेकाे छ । छुसकको तेस्रो दिन अर्थात सेप्टेम्बर २५ मा तोङ्दुचन स्थित खेलमैदानमा भएकाे प्रतियाेगीतामा २७ फुटवल क्लवको सहभागिता रहेको लमजुङ एफसीका मेनेजर कृष्ण गुरुङले जानकारी गराए ।

प्रतियोगितामा सहभागी विभिन्न फुटवल क्लबहरू बीच प्रतिस्पर्धात्मक खेल भएकाे थियाे । फाइनलमा लमजुङ एफसि र धरान एफसीले निक्कै प्रतिस्धपधार्धात्मक खेल भएकाे थियाे । निर्धारित समयमा दुबै टाेलीबाट कुनै गोल नभए पछि खेल टाई ब्रेकरमा पुगेकाे थियाे । टाई ब्रेकरमा धरान एफसीले लमजुङ एफसीलाई ३ को बिरुद्ध ४ गोलले पराजित गरि उपाधी आफ्नो कब्जामा पारेकाे थियाे ।

विजेता धरान एफसिले ३० लाख वोन र उपविजेता आयोजक लमजुङ एफसिले १८ लाख वन प्रदान गरिएकाे थियाे ।विजेता र उपविजेता टाेलीलाइ प्रमाणापत्र, ट्रफी र शिल्ड वितरण गरिएकाे थियाे । तेस्रो मर्स्याङ्दी च्याम्पियनसिप फुटबल प्रतियोगिता २०१८ को पुरस्कार वितरण नेपाल फुटबल महासंघ कोरियाका अध्यक्ष ब्रो तमु (कृष्ण गुरुङ ) तथा लमजुङ परिवारका भुपु अध्यक्ष तथा सल्लाहकार अमृत गुरुङद्वारा वितरण गरेका थिए । खेल प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा लमजुङ एफसिका जलक तामाङ, उत्कृष्ट गोल रक्षक धरान एफसीका विनोद खतिवडा र सर्वोत्कृष्ट गोल कर्ता लमजुङ एफसीका क्याप्टेन रमेश गुरुङ भएका थिए । त्यस्तै तोङ्दुचन महानगरपालिकाका प्रमुख ( मेयर)द्वारा कोरियाको ईतिहासमा नेपाली फुटबल क्षेत्रमा योगदान पुर्याउने नेपाली व्यक्तित्वहरु मध्ये ईन्द्र गुरुङ र होम घलेलाई सम्मान गरेका थिए । तेस्रो मर्स्याङ्दी च्याम्पियनसिप फुटबल प्रतियोगिता २०१८ भव्य र सभ्य रुपमा सम्पन्न गराउनका लागि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आर्थिक , भौतिक र नैतिक रुपमा सहयोग गर्नेहरुप्रती लमजुङ एफसीका खेल संयोजक जित बहादुर गुरुङले धन्यवाद व्यक्त गरेका थिए ।source:fonij korea

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.