भोलिदेखी कोरियामा नयाँ नियम लागु हुँदै..जानि राख्नुहोस् नत्र फन्दामा परिएला??

1 min read

गुरुदत्त न्यौपाने /सियोल कोरिया
कोरियामा वायु प्रदुषण बढेसंगै कोरियाको वातावरण मन्त्रालयले प्लास्टिकजन्य फोहोर कम गर्न र यहाँको वातावरण संरक्षण गर्नको लागी अप्रिल १ तारिखदेखी लागु हुनेगरी पुन प्रयोग गर्न नसकिने प्लास्टिक झोलाहरु प्रयोग बन्द गर्न लागेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयले बताएअनुसार अप्रिल १ तारिखदेखी कोरियाका करिब २००० मार्टहरु तथा करिब ११००० ठुला सुपरमार्केट मा किनमेल गर्ने ग्राहकहरुलाई प्लास्टिक झोलाहरु तथा डिस्पोजेबल प्लास्टिकका सामानहरु प्रदानगर्न निषेध गरिनेछ ।

डिपार्टमेन्ट स्टोर्स तथा ठुला महलहरु पनि परिवर्तित नियममा रहनुपर्ने भएको छ।जसमा पुन पर्योग र पुन चक्रण जस्ता बिधि अपनाएर फोहोर ब्यबस्थापन गरी वातावरणीय पर्यावरण जोगाउने अभियानमा अनिवार्य अनुबन्धन हुनुपर्ने संसोधित नियममा उल्लेख गरिएको छ ।

साथै उक्त नियम साना खुद्रा ब्यापारी लगायत सर्वसाधारण लाई समेत लागु हुने जनाईएको छ ।यदि नियम उल्लङ्घन गरेको खन्डमा ३० लाख कोरियन वन करिब २६४४ अमेरिकी डलर जरिवाना हुने छ ।

भिजेका बस्तुहरु जस्तै माछा तथा मासु , माटो लागेको तरकारी आईटम , आईसक्रिम तथा त्यस्ता बस्तु जुन सामान्य तापक्रममा पग्लिन्छन त्यस्ता सामानहरुको लागी भने प्लास्टिक झोला प्रयोग गर्न पाईनेछ ।

“समाजका सबै सदस्यहरु डिस्पोजेबल बस्तुहरुको प्रयोग घटाउने अभियानमा सक्रिय रुपमा साथ दिन आग्रह गरिएको छ, ताकी हाम्रो भाबी सन्ततीलाई राम्रो वातावरण प्रदान गर्न सक्छौँ ।” मन्त्रालयले उल्लेख गरेको छ।

SOURCE: KANTIPUR PRESS

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.