अशोक दर्जी र एआर बुढाथोकी को “सिम्पल डिम्पल”सार्वजनिक(भिडियो सहित)

चर्चित गाएक तथा संगीतकार टन्क बुढाथोकीको सिम्पल डिम्पल बोलको गित सार्वजनिक भएको छ। टन्क बुढाथोकीको यश गितमा बाल कलाकार लगायत अहिलेका चर्चित मोडेल अलिशा शर्मा र सुनिल छेत्रीको दमदार अभिनय छ। बाल गाएक अशोक दर्जी , एआर बुढाथोकी लगाएत बालिका डान्सर दिछा र टिकटकमा चर्चित भएकी बालिका अभिलिनाको अभिनय रहेको छ।

यसै म्युजिक भिडियो बाट अशोक दर्जी अभिनयमा पनि लागेका छन। एक कार्यक्रममा टन्क बुढाथोकीले भनेका छन, अशोक दर्जी र ए आरलाई बिज्ञापन लगायत फिल्महरुमा अफर आएको हुनाले यसै गित मार्फत उनिहरुलाई अभिनयमा हालेको र अभिनय सिकाउन लागेको बताएका छन। त्यसो त केही समय पहिले अशोक दर्जिको र यसै गितको बिषयलाई लिएर सामजिक संजालमा विबाध आएको थियो। एक जना ब्यक्तिले अशोक दर्जिलाई दमैको छोरो भने पछि अनेक बिवाद सिर्जना भएको थियो ।

बाल गाएक अशोक दर्जी र ए आरको लागि यो साल अत्यन्तै राम्रो र सफल हुन पुग्यो । टंक बुढाथोकीको सहयोग र सम्रक्षणमा बाल गाएक अशोक दर्जीको जिन्दगि फेरिएको छ भने परिवार पनि आज खुशीका साथ् जिबन यापन गरिरहेको छ। अशोक दर्जी भाईरल हुने बित्तिकै उनको स्वरमा मन बिनाको धन ठुलोकी धन बिनाको मन ठुलो बोलको गित बजारमा आएको थियो । यसै गीतले नेपालि सांगेतिक दुनियामा सबै भन्दा धेरै रेकर्ड राख्न सफल भएको थियो अर्थात रिलिज भएको २४ घन्टामा १० लाख भन्दा धेरै पटक हेरिएको थियो।newspostal बाट साभार गरिएको।

यस गीत संगै अब अशोक दर्जी लाई अभिनयमा पनि देख्न सकिने भएको छ। अबका दिनमा अशोक दर्जी र ए आरलाई गायनमा मात्र नभएर अभिनयमा पनि देख्न सकिने स्वयं टंक बुढाथोकीले बताएका छन। बिभिन्न फिल्म र बिज्ञापनहरुमा अभिनयको लागि अफर आउने गरको बताएका थिए। हेर्नुहोस अशोक र ए आरको अभिनय रहेको यो म्युजिक भिडियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *