रोबोटमाथि लाग्यो उत्पीडनको आरोप, जागीरबाट बर्खास्त

अमेरिकाको सनफ्रान्सिस्कोको एक इलाकामा तैनाथ गरिएको रोबोटमाथि उत्पीडनको अभियोग लागेको छ । के नाइन नामक उक्त रोबोटले घरबारबिहीन मानिसहरुमाथि उत्पीडन गरेको आरोप लागेको छ ।

उत्पीडनको गम्भीर आरोप लागेपछि रोबोटलाई उसको जागीरबाट बर्खास्त गरिएको छ । रोबोटले सडक किनारामा गस्ती गरेर मानिसहरुलाई पाल टाँग्नबाट रोकिरहेको थियो । रोबोटले हरेक मिनेटमा सयौँ तस्वीरहरु खिच्थ्यो, जसले मानिसहरुको निजी जिन्दगीमा समेत दखल पुगेको आरोप लगाइएको छ । यस रोबोटले केवल गरीब तथा घरबार विहीन मानिसहरुमाथि मात्र कारवाही गरेको आरोप लगाइएको छ । द सन्स प|mान्सिस्को सोसाइटी फर द पि्रभेन्सन अफ क्रुएल्टी टू एनिमल नामक संस्थाले उक्त रोबोट सडकमा तैनाथ गरेको थियो ।

यसबाट स्थानीय क्षेत्रको सुरक्षा व्यवस्था मजबुत होस् तथा कार तथा अन्य सामान चोरी जस्ता अपराधका घटनामा कमी आओस् भन्ने सदीक्षाका साथ उक्त रोबोट तैथान गरिएको थियो ।

रोबोटमाथि उत्पीडनको आरोप लागेपछि उक्त संस्थाका अध्यक्षले यस रोबोटले जानाजान बेघर मानिसहरुलाई दुख नदिएको दाबी गरेकी छन् । मानिसहरुले उल्टै रोबोटलाई बाँधेको, तोडफोड गरेको तथा त्यसको सेन्सरमा सस फ्याँकिदिएको उनको गुनासो छ । रोबोट निर्माता कम्पनी नाइटस्कुपले पनि रोबोटका बारेमा अफवाह फैलाइएको भन्दै रोबोटलाई घरबार वीहिन मानिस हटाउन बनाइएको भन्ने आोप गलत रहेको जनाएको छ ।

यसको उद्देश्य केवल आफ्ना ग्राहकको संस्थाको सुरक्षा गर्नु रहेको र त्यसमा रोबोट सफल भएको दाबी कम्पनीको छ । रोबोटको तैनाथीसँगै उक्त क्षेत्रमा चोरीका घटनामा कमी आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *