सगरमाथा चढ्ने विचारमा हुनुहुन्छ? जानि राख्नुस् यी कुराहरु

काठमाडौँ । सगरमाथा संसारको सबैभन्दा अग्लो हिमाल हो । त्यसकारण पनि सगरमाथा आरोहण विश्वमा नै चर्चित छ । धरै मानिसहरु सगरमाथा आरोहण गरेर विभिन्न किर्तिमान कायम गरिसकेका छन् । त्यस्तै धेरै मानिसहरु सगरमाथा आरोहण गरेर त्यसको रोमाञ्चकतालाई अनुभव गर्न चाहन्छन् । सगरमाथा आरोहण गर्नको लागि आँट भए असम्भव छैनन । सयौँ मानिसहरु सगरमाथाको सफल आरोहण गरिसकेका छन् भने हजारौँ मानिसहरु यसको ‘बेस क्याम्प’सम्म पुगेका छन् ।

कति अग्लो छ सगरमाथा?

सगरमाथा संसारकै अग्लो हिमाल हो । यसको उचाई २० हजार २९ फिट अर्थात ८ हजार ८४८ मिटर अग्लो छ । यो नेपाल र तिब्बतको सिमानामा छ ।

सगरमाथामा कसरी पुग्ने?

अधिकांश आरोहीहरु नेपाल तिरबाट सगरमाथाको आरोहण गर्छन् । तर यसलाई तिब्बतको क्षेत्रबाट पनि चढ्न सकिन्छ । काठमाडौँबाट आन्तरिक हवाईमार्गमार्फत लुक्ला पुग्न सकिन्छ । त्यहाँबाट आरोहीहरु करिव १० दिन लगाएर १७ हजार ५०० फिटको उचाईमा रहेको सगरमाथा बेस क्याम्पसम्म पुग्छन् । वसन्त रितुमा सगरमाथाको आरोहण गर्ने बाटो खुल्छ । उचित मौषम पर्खदै केही हप्ता बेस क्याम्पमा नै बिताउनुपर्ने हुन्छ । मौषम अनुकुल भए दिनको समयमा आरोहण गर्न सकिन्छ ।

कतिले आरोहणको प्रयास गर्छन्? कति सफल हुन्छन्? र कति असफल?

सगरमाथा ओराहणको लोकप्रियता विश्वभर बढ्दै छ । वर्षेनी करिव ६०० आरोही सगरमाथाको चुचुरोमा पुग्छन् । जुन सगरमाथा आरोहणको प्रयास गर्नेको आधा हो । दुई तिहाई आरोही नेपाल तिरबाट आरोहण गर्छन भने अरु तिब्बतको साइडबाट । सगरमाथा चढ्ने समय निकै छोटो छ । यो मे महिना अर्थात वैशाखमा पर्छ । जतिबेला हिउँद सकिएर वसन्त रितु लाग्ने समय भएको हुन्छ । २०१७ मा मात्रै ६ जना आरोहीको मृत्यु भयो ।

सगरमाथा चढ्दा कतिले ज्यान गुमाए?

झण्डै ३ सय जना मानिसहरुले सगरमाथा आरोहणको क्रममा ज्यान गुमाएको अनुमान गरिएको छ । नेपाल सरकारको तथ्यांक अनुसार करिव २ सयजनाको शरीर अझै पनि त्यही नै छ ।

सगरमाथा चढ्दा कसरी हुन्छ आरोहीको मृत्यु? मुख्य खतरा केके हुन्?

आरोहीहरु मुख्यतया कठ्याङ्ग्रिएर तथा अक्सिजनको कमीले ज्यान गुमाउने गर्छन् । अर्को कारण भनेको अचानक आउने तूफानमा पर्दा पनि आरोहीको मृत्यु हुन सक्छ । कतिपयको भीरबाट खसेर तथा हिउँमा पुरिएर मृत्यु हुन्छ भने कतिपय हृदयघात भएर पनि मर्ने गर्छन ।

सगरमाथाको असामान्य वातावरणले शरीरमा कस्तो असर पार्छ?

चौँथो क्याम्पबाट सगरमाथासम्मको ८ हजार मिटरको क्षेत्रलाई ‘डेथ जोन’ (मृत्यु क्षेत्र) भन्ने गरिन्छ । किनकी यो क्षेत्रमा निकै पातलो अक्सिजन हुन्छ भने यहाँको मौषम निकै आक्रमक हुन्छ । उचाई बढ्दै जाँदा मानव फोक्सो तथा रक्तसञ्चारको लागि अपर्याप्त अक्सिजन पाउन सकिन्छ । त्यसकारण पनि आरोही तथा पथप्रर्दशकहरु आफैँ अक्सिजन बोकेर आरोहण गर्ने गर्दछन् ।

उचाईमा देखिने मुख्य स्वास्थ्य समस्या भनेको टाउको दुख्ने, वान्ता हुनु तथा अत्याधिक थकाईको महशुस हुनु हो । तर डेथ जोनमा हाई अल्टिच्युड सेरेब्रल एडेमाका कारण मांशपेशीमा नियन्त्रण नहुने, अस्पष्ट बोली निस्किने, भ्रमित हुने तथा ह्यालुसिनेशन हुन सक्छ । हाई अल्टिच्युड पल्मोनरी एडेमाका कारण खोकी लाग्ने तथा श्वास प्रश्वासमा समस्या देखिन सक्छ । अन्य जोखिमहरुमा फ्रोष्ट बाइट, स्नो ब्लाइण्डनेस तथा हाइपरथर्मिया रहेका छन् ।

के जोकोहीले पनि सगरमाथाको आरोहण गर्न पाउँछन्?

सगरमाथाको आरोहण गर्न पैसा तथा शारीरिक अवस्थाले बाधा पु-याउन सक्छ । सगरमाथा चढ्नको लागि नेपाल सरकारको स्वीकृती लिएर निकै महंगो शुल्क तिर्नु पर्छ । यसको लागि अुनभव र पथप्रदर्शक (गाइड) राख्न सक्ने क्षमता पनि हुनुपर्छ । सगरमाथा आरोहण गर्नको लागि १८ वर्ष उमेर पुरा भएको हुनपर्छ ।

कति खर्च लाग्छ?

सगरमाथा चढ्न निकै ठूलो शुल्क तिर्नुपर्छ । अवस्थाअनुसार ३० लाख देखी १ करोड अथवा त्यो भन्दा पनि बढि लाग्न सक्छ । विदेशीले ११ हजार डलर तिरेर नेपाल सरकारबाट छुट्टै स्वीकृति लिनुपर्छ । त्यसको साथसाथै अन्य धेरै शुल्कहरु पनि तिर्नुपर्ने हुन्छ । आरोहीले स्थानीय पथप्रर्दशक को साथमा वेष्टर्न अर्थात विदेशी गाइड पनि पनि राख्नुपर्छ । सगरमाथामा शेर्पाहरु स्थानीय गाइडको काम गर्छन् । स्थानीय गाइड भन्दा विदेशी गाइड निकै महंगो हुन्छ । प्रत्येक आरोहीले एउटा स्थानीय गाइड राख्नै पर्छ र हरेक चारजनाको समूहमा एकजना विदेश गाइड अनिवार्य हुन्छ । यात्रा, सरसामान, अक्सिजन तथा खाना र क्याम्पको पनि आरोही आफैँले शुल्क तिनुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *