तमोर जलाशययुक्त आयोजना नेपाल सरकार आफैँले बनाउनुपर्छ : प्रतिनिधि सभा सदस्य खापुङ

पत्रपत्रिकाबाट

तेह्रथुम । तेह्रथुमबाट निर्वाचित प्रतिनिधि सभा सदस्य भवानीप्रसाद खापुङले बहुप्रतिक्षित तमोर जलाशययुक्त आयोजना नेपाल सरकार आफैँले निर्माण गर्नुपर्ने बताउनुभएको छ । उहाँले सो आयोजना नेपालकै सबैभन्दा बढी किफायती, सरल, सहज र प्रशस्तै सम्भावना बोकेको भन्दै आयोजनालाई सरकारले पहिलो प्राथमिकतामा राखेर निर्माण गर्नुपर्ने बताउनुभयो ।

सामुदायिक रेडियोहरुको छाता संगठन, सामुदायिक सुचना नेटवर्कको साप्ताहिक कार्यक्रम हेलो सांसदमा बोल्दै सांसद खापुङले तमोर जलाशययुक्त बहुउदेश्यीय आयोजना निर्माणमा सरकारले ध्यान दिनुपर्ने र सोको लागि आफुले ध्यानाकर्षण गराइरहेको बताउनुभएको छ । सांसद खापुङले तमोर जलाशययुक्त आयोजना बनेपछि पुर्वका तेह्रथुम, पाँचथर, ताप्लेजुङ सहित दर्जन बढी जिल्लाको संमृद्धिको सपना पुरा हुने बताउनुभयो ।

उहाँले सो आयोजना बनेपछि विद्युत उत्पादनका साथै पानी जम्मा भएको ड्यामको माध्यमबाट तेह्रथुम, ताप्लेजुङ र पाँचथरका सदरमुकामहरुको दुरी समेत छोट्टिने बताउनुभयो । तेह्रथुमको छथर गाउँपालिकाको ओख्रे र पाँचथरको कुम्मायक कुस्सायक गाउँपालिकाको स्यावरुम्बाको सीमास्थित तमोर नदीमा बाँध बनाउन पुर्वअध्ययन भइरहेको छ ।

जलाशययुक्त आयोजना बन्दा ४० वर्ग किमिको जलशाय बन्ने बताइएको छ । यो आयोजना बन्दा नदी आसपासका १ सय २६ घर मात्रै विस्थापित हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *