‘एउटा कर्मचारीले इमानदारीपूर्वक काम गर्दा जनताकाे जीवनस्तर र देशलाई कति धेरै फरक पर्दाे रहेछ भन्ने उदाहरण हुनुहुन्छ कुलमान घिसिङ ‘-टेक शाही ठकुरी

विचार:टेक शाही ठकुरी राज्यको एउटा निकायमा काम गर्ने एउटा कर्मचारीले इमानदारीपूर्वक काम गर्दा जनताकाे जीवनस्तर र देशलाई कति धेरै फरक पर्दाे रहेछ भन्ने उदाहरण हुनुहुन्छ कुलमान घिसिङ ।
सरकारको असहयोग सम्बन्धित निकायका अन्य कर्मचारीकाे दादागिरी बाबजुद जसकाे इमानदारिताले जनतालाई अँध्यारोबाट मुक्ति मात्र दिलाएर वर्षाैँ देखि घाटामा गुज्रिएको विद्युत् प्राधिकरण अहिले नाफामा गएकाे छ ।

एकपटक साेचेर मात्र हेर्नू हाेस् त एउटा कर्मचारी इमानदार हुदा देश र जनताकाे जीवनस्तरमा कति धेरै फरक पर्दछ यदि देशका प्रधानमन्त्री मन्त्री लगायत जिम्मेवार निकायमा रहेका हरेक राष्ट्रसेवक कर्मचारीले तनमन देखिनै इमानदारीपूर्वक काम गरिदिएकाे खण्डमा समृद्धि देश र खुशी नेपाली बन्न अधिक समय लाग्दैन रहेछ ।

भाषणमा समृद्ध नेपाल र खुशी नेपाली खाेज्नु भन्दा अाफ्ना सन्तानकाे टाउकाे हात राखेर इमानदारीपूर्वक देश र जनताकाे हितमा काम गर्ने संकल्प गरि लागिपरेको खण्डमा अार्थिक समृद्धि हाँसिल गर्न वर्तमान सरकारकाे पालामा सम्भव छ ।
मात्र कमि छ त इमानदारिताकाे, इच्छाशक्तिकाे, अठाेटकाे, निष्ठाकाे, जवाफदेहीताकाे, कुशलताकाे ।यो लेख टेक शाही ठकुरीको फेसबुक वालबाट साभार गरिएको ।

यो पनि…कुलमान नेपालीहरूको लागि भगवान नै भएर जन्मिनुभएछ..फेरि पनि सलाम छ..खेर गैरहेको पानीबाट देशले यति धेरै उज्यालो पाउँदै।।सेयर गर्नुहोस् ।
खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अन्तिम चरणमा पुगेको जनाइएको छ । खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा दूधकोशी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न लागिएको हो ।

जलाशययुक्त आयोजनाको डिपिआरको काम आगामी कात्तिक अन्तिम तथा मङ्सिर पहिलो हप्ताभित्र पूरा हुने आयोजना प्रमुख वसन्त श्रेष्ठले बताउनुभयो । “फिजिबिलिटी प्रतिवेदन तयार भएको, संरचनाको विस्तुत मस्योदा, बोलपत्रको मस्यौदा कागजात प्राप्त भएको, विज्ञ समूहबाट अध्ययन भएर टिप्पणी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “टिओआर र स्कपिङ कागजात स्वीकृत भएको तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन प्राप्त भएको, कोर ड्रिलिङ र टेस्ट अडिटको काम पनि अन्तिम चरणमा पुगेको छ ।”

तीस महीनामा पूरा गर्ने गरी इटली र जापानको संयुक्त इएलसी इलेक्ट्रो कन्सल्ट एसपिए इन एसोसिएशन विथ न्युजेक नामक कम्पनीले २०७३ जेठ १७ गतेदेखि आयोजनाको विस्तृत इञ्जिनीयरिङ ढाँचा, सामाजिक तथा वातावरणीय प्रभाव र सम्भाव्यता अध्ययनको काम शुरु गरेको थियो । लामीडाँडाको रभुँवाघाटमा १६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३ दशमलव ५ किलोमिटर लामो सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइएको हो ।

लामीडाँडा विमानस्थलबाट करीब ११ किलोमिटर उत्तर–पश्चिममा पर्ने रभँुवाघाटमा सञ्चालन हुने जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्नसमेत तीन जिल्लाका सांसदले माग गरेका छन् । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका सांसदले ऊर्जामन्त्री वर्षमान पुनलाई भेटेर आयोजनाको हालसम्मको प्रगति, कामको समीक्षा तथा भावी दिनमा गर्नुपर्ने कामका बारेमा जानकारी गराउँदै दूधकोशीलाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश गर्न माग गरेका हुन् ।

नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि सारेका २१ वटा आयोजनामध्ये तीनवटा जलविद्युत् आयोजनालाई समावेश गरे पनि दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई छुटाएकाले मन्त्री पुनको ध्यानाकर्षण गराइएको खोटाङबाट निर्वाचित सांसद विशाल भट्टराईले बताउनुभयो । “ऊर्जामन्त्री पुनले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई प्राथमिकताकै आयोजनाका रुपमा राखेको बताउनुभएको छ”, उहाँले भन्नुभयो, “दातृ निकायको हकमा पनि एसियाली विकास बैंक (एडिबी) लाई नै लगानी गर्न प्रस्ताव गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।”

रभुँवाघाटमा निर्माण गरिएको बाँधदेखि सोलुखुम्बुतर्फ दूधकोशी किनारमा दश, खोटाङतर्फको रावाखोलामा आठ र ओखलढुङ्गाको ठोट्नेखोला किनारमा चार किलोमिटर क्षेत्रफल डुबान हुने जनाइएको छ । आयोजना सञ्चालनका लागि निर्माण गरिने बाँधले तीन जिल्ला खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका ८४ घर स्थानीयवासी विस्थापित हुने प्रारम्भिक अनुमान गरिएको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।

जापान सरकारको सहयोगमा कोशी बेसिन अध्ययन गुरुयोजनाअन्तर्गत २०४२ मा पहिचान भएको आयोजनाको काम अघि बढाउन सिफारिस गरिएको विद्युत् प्राधिकरणले जनाएको छ । आयोजना सञ्चालनमा आएपछि विद्युतीय सेवासँगै दूधकोशी जलाशयमा डुङ्गा सयर, माछापालन तथा पर्यटन विकास हुने अपेक्षा गरिएको छ ।

जतिबेला बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण सम्हाले त्यो बेला देखि नै निकै चुस्तका साथ काम कारबाही र प्रक्रिया अगाडी बढाइयो जसकारण देशका अधिकाम्स खोला नाला र नदीका क्षेत्रमा बिधुत उत्पादनको निम्ति अहोरात्र खटेर आफ्नो कामको प्रद

Be the first to comment on "‘एउटा कर्मचारीले इमानदारीपूर्वक काम गर्दा जनताकाे जीवनस्तर र देशलाई कति धेरै फरक पर्दाे रहेछ भन्ने उदाहरण हुनुहुन्छ कुलमान घिसिङ ‘-टेक शाही ठकुरी"

Leave a comment

Your email address will not be published.

*