भट्टराई पत्नी हिसिला मोटरसाइकल दुर्घटनामा परिन, बि एण्ड बीमा उपचार..हेर्नुहोस् ।

ताजा समाचार

समाजवादी पार्टी नेपालकी नेतृ हिसिला यमि मोटरसाइकल दुर्घटनामा परि घाइते भएकी छिन्।

समाजवादी पार्टीका नेता बाबुराम भट्टराइका अनुसार, पार्टी उपाध्यक्ष तथा उनकी पत्नी हिसिलाको मोटरसाइकल दुर्घटनामा परेर दिमागमा असर परेपछि उनको बि एण्ड बि अस्पतालमा उपचार गरिएको छ।

भट्टराइले ट्वीटरमार्फत भनेका छन्र्, समाजवादी पार्टी उपाध्य़क्ष तथा मेरी पत्नी हिसिला यमिको मोटर साइकल दुर्घटना पछि Brain Concussion को उपचारमा उत्कृष्ट सेवा प्रदान गर्ने B &B अस्पताल परिवार, अहोरात्र खट्ने पार्टीका साथीहरू र सुस्वास्थ्यको कामना गर्ने सबैमा हार्दिक धन्यवाद१वहाँलाई एक हप्ता पूर्णआराम गर्नदिन सबैमा आग्रह।’

चिकित्सा शिक्षामा ब्रेन कन्क्युजन भनेको दिमागमा परेको असरका कारण हुने मस्तिष्क आघात अथवा क्षणिक असरका कारण बेहोसी अवस्था हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *