मोरङमा कार्यालयभित्रै चेस खेल्न मस्त यि कर्मचारी..हेर्नुहोस् ।

मोरङ । ईलाका प्रशासन कार्यालय उर्लाबारी मोरङमा बाहिर सेवाग्राही कहिले पालो आउँछ भनेर दिनभर कुरेर बसिरहदा शाखा अधिकृत तिलोचन रिमाल भने बुधबार चेस खेलेर समय बिताइरहेका थिए ।

सामान्य काम लिएर ईलाका जादा नि दिनै जाने गर्दछ, कार्यालयलाई चुस्त दुरुस्त बनाउन त कता हो चेसमा मस्त हुदा सेवाग्राही मार्कमा परेका छन् । कर्मचारीले समयमै काम नगरिदिने गरेको सेवाग्राहीले गुनाशो गरेका छन् ।

यो पनि हेर्नुहोस्…
विकासमा राजनीति गर्नुहुँदैन : मन्त्री राई

काठमाडौं \ शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विकासमा राजनीति गर्न नहुने बताउनुभएको छ ।

नेपालगञ्जको हिरमिनियाँमा निर्माण गरिएको एकीकृत फोहरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (डम्पिङ साइट) को बिहीबार भएको उद्घाटन कार्यक्रममा मन्त्री राईले भन्नुभयो, “विकासमा सबैको एकैहात हुनुपर्छ, राजनीति हामी चुनावमा गरौँला ।”

उहाँले विकासमै राजनीति गर्न लागियो भने हामी कही पुग्दैनौँ भन्दै बाँके जिल्लाको विकासमा आप्mनो मन्त्रालयबाट हुन सक्ने सबै प्रयास गर्ने बताउनुभयो ।

उहाँले ‘म नेपालगञ्ज निवासी भए पनि मेरो भूमिका मुलुकभरिका लागि हो’ भन्दै आवश्यकताका आधारमा आफूले सबै जिल्लालाई न्याय गर्दै जाने विश्वास दिलाउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा भएको कार्यक्रमा प्रदेश ५ का प्रदेशसभा सदस्द्वयय आइपी खरेल र विजय यादव, मन्त्रालयका सचिव मधुसुदन अधिकारी, आयोजना प्रमुख सुभाष बस्नेत लगायतले बोल्नुभएको थियो ।

एशियाली विकास बैंकको सहयोगमा रु ३८ करोड ९३ लाख ४२ हजारको लागतमा सो डम्पिङ साइटको निर्माण भएको हो ।रासस

Be the first to comment on "मोरङमा कार्यालयभित्रै चेस खेल्न मस्त यि कर्मचारी..हेर्नुहोस् ।"

Leave a comment

Your email address will not be published.


*