शून्य लागतमा मलेसिया जानपाउँने बाटो खुल्यो..हेर्नुहोस् ।

काठमाडौं / निकै लामो प्रतीक्षापछि बल्ल मलेसियामा जाने नेपाली कामदारलाई श्रम स्वीकृति दिने कार्य सुरु भएको छ ।

नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा भएको सहमतिअनुसार गत १५ महिनादेखि बन्द मलेसियाको रोजगारी आइतबारबाट पुनः खुला भएको हो ।अब नेपालबाट नयाँ कामदार शून्य लागतमा मलेसिया जान पाउनेछन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामप्रसाद घिमिरेका अनुसार अब कामदार मलेसिया जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ । यसैगरी, स्वास्थ्य परीक्षणमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा फिर्ता गर्नेछ ।मलेसिया जाने कामदारमाथि विभिन्न बहानामा थप शुल्क लगाएर ठगी गरेको भन्दै सरकारले २०७५ सालको १२ जेठबाट मलेसियाका लागि श्रम स्वीकृति दिन रोकेको थियो ।

त्यसबेला श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कामदारमाथि ठगी गर्ने केही बिचौलियामाथि कारबाही अभियान चलाएका थिए । गत ११ कात्तिकमा मलेसिया जाँदा एक रुपैयाँ पनि शुल्क तिर्नु नपर्ने र लागेको सबै शुल्क रोजगारदाताले नै बेहोर्ने गरी मलेसिया सरकारसँग श्रम समझदारी ग‍रेको थियो ।

तर, मलेसियाले पुराना सेवाग्राही कम्पनीमार्फत नयाँ कामदारको भिसा प्रक्रियाअघि बढाउन चाहेको थियो भने नेपालले त्यसमा सहमति जनाएको थिएन ।

सोही समझदारीमा हस्ताक्षर भएको १० महिनासम्म रोजगारी नखुल्दा वैदेशिक रोजगार व्यवसायी असन्तुष्ट थिए ।

त्यसयता धेरैपटक मेनपावर कम्पनीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया खोल्न ढिलाइ भए पूर्वस्वीकृतिका आधारमा कामदारको अन्तरबार्ता लिन सुरु गर्ने चेतावनी दिएको थियो ।यो खबर अर्थ डबलीमा प्रकाशित छ ।

Be the first to comment on "शून्य लागतमा मलेसिया जानपाउँने बाटो खुल्यो..हेर्नुहोस् ।"

Leave a comment

Your email address will not be published.


*