नेपालगञ्‍जमा मेयरले गरे ट्वाइलेटको उद्‌घाटन..हेर्नुहोस् ।

ताजा समाचार

नेपालगञ्ज- विदेशी संस्थाले धम्बोझीमा बनाइदिएको गीत सुन्दै शौच गर्ने स्वचालित ‘ट्वाइलेट’को नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले उद्‌घाटन गरेका छन्।यो खबर कुमार श्रेष्ठले लेखेका देशसंचारमा प्रकाशित छ ।सोमबार अपरान्ह मेयर राणाले धम्बोझीचोकमा बनाइएको अपाङ्गमैत्री स्वचालित शौचालयको उद्‌घाटन गरेका हुन।शौचालयको उद्‌घाटन गर्दै मेयर राणाले स्वचालित शौचालय सञ्चालनमा ल्याउनु भन्दा पनि त्यसको सही सदुपयोग र जतन हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘सधैं सफा राख्नु पर्‍यो, सेवा लिनेले आफ्नैजस्तो सम्झिदिनु पर्‍यो, राणाले भने, लाखौं रुपैया खर्च गरेर बनेका यस्ता संरचनाको जतन गर्नु नगरवासीको दायित्व हो।’
नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण ईञ्जिनियर प्रकाश डिसीका अनुसार, एसएनभी नेदरल्याण्ड विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रमअन्तर्गत ४६ लाख ३६ हजार रुपैयाको लागतमा स्वचालित शौचालय निर्माण गरिएको हो।

नेदरल्याण्ड विकास नियोगले यसअघि नै चारबाहिनीचोक र मासुमण्डी नजिक ८१ लाख १६ हजार रुपैयाको लागतमा दुई वटा सुलभ शौचालय निर्माण गरे नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ।

धम्बोझीको शौचालय उद्घाटनमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदी, वडा नम्बर २ का अध्यक्ष सुनिल सिंह हमाल, सुशासन समितिका संयोजक नरबहादुर विष्टलगायत उपस्थित थिए।नेपालगञ्ज बजारभित्र एक दर्जन सार्वजनिक शौचालय पुगेका छन्। त्यसमा पछिल्लो पटक बनेका शौचालय अत्याधुनिक हुन्।बजारमा निस्किने यात्रु र पसलेलाई समेत दिसा, पिसाव लाग्दा समस्या हुने गरेको भन्दै चर्को विरोध भइरहेको बेलामा नेपालगञ्जमा अत्याधुनिक शौचालय बनिरहेका छन्।
यो खबर कुमार श्रेष्ठले लेखेका देशसंचारमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *