रवि लामिछानेको नेतृत्वमा बन्ने राष्कोट अस्पताल यस्तो छ,आउदो शनिबार शिलान्यास गर्ने..हेर्नुहोस् तस्बिर सहित।

ताजा खबर

रवि लामिछानेको पहलमा यस्तो बन्दैछ राष्कोट अस्पताल ( तस्बिर सहित हेर्नुस् )

माघ ६ काठमाडौं / न्युज २४ नेपालबाट प्रसारित लोकप्रिय कार्यक्रम सिधा कुरा जनता सँगका सञ्चालक रवि लामिछानेको अगुवाइमा निर्माण हुन लागेको कालिकोट राष्कोट डिजिटल अस्पतालको शिलान्यास यहि माघ ११ गते हुने भएको छ ।

पुर्व सहकर्मी साथीको मृ’त्यु पछि विगत पाँच महिनादेखि चितवन जिल्ला अदालतमा तारेख धाइरहेका रवि लामिछानेले हिजो मात्र सफाइ पाएका हुन् । सफाई पाए लगत्तै उनले अबको पहिलो यात्रा कालिकोटको हुने बताएका थिए ।

एकबर्ष अघि निर्माण हुने भनेर घोषणा गरिएकबध राष्कोट सामुदायिक डिजिटल अस्पतालको बल्ल शिलान्यास हुन लागेको हो । कस्तो बन्ने राष्कोट अस्पताल तस्बिरमा हेर्नुहोस् :

टेलिभिजन कार्यक्रमा चलाएर सबैको मन मनमा बस्न सफल सञ्चारकर्मी लामिछानेले यसअघि पनि सामाजिक कार्यमा हात हालिसकेका थिए । उनले बाढी पीडितलाई घर निर्माण गरेर हस्तान्तरण गरेका हुन् ।


पलपलको ताजा समाचार, खबर र लेखहरू पढ्नको लागि Daily News Nepal लाई लाइक फलो गर्नुहोस् ।👇👇👇

Leave a Reply

Your email address will not be published. Required fields are marked *