भुतपूर्व राजा रानी भन्दा चर्की राष्ट्रपति,फोटो खिच्न हेलिप्याडमै सोफा..एक पल्ट अवस्य पढ्नुहोस् ।

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी फेरी विवादमा तानिएकी छन् । उनको एक तस्विरले अहिले सामाजिक सञ्जाल तताइरहेको छ । मंगलबार शहीद स्मारक एवं प्रजातान्त्रिक पार्कको उद्घाटन गर्न हेलिकोप्टर चढेर हेटौंडा पुगिन् । कार्यक्रम सकेर फर्कने बेलामा रोचक तस्वीर देखियो ।राष्ट्रपतिको स्वागत गर्न बागमतीका प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईं र मुख्यमन्त्री डोरमणि पौडेलको टोली हेलिप्याडमै तैनाथ थियो । राष्ट्रपति सवार हेलिकोप्टर प्रदेश प्रहरी कार्यालय परिसरमा रहेको हेलिप्याडमा अवतरण भएको थियो ।

राष्ट्रपति पूर्वनिर्धारित कार्यक्रममा सहभागी भइन् । फर्किने क्रममा फेरि प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्री सबै बिदाइ गर्न हेलिप्याडमा आए ।त्यसक्रममा सामूहिक तस्वीर खिचाउने कुरा भयो । राष्ट्रपतिका लागि हेलिप्याडमै सोफा पुर्‍याइयो । राष्ट्रपति सोफामा बसिन्, अरु वरिपरि उभिए र तस्वीर खिचाए ।

यो तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.