अमेरिकाद्वारा टस जितेर नेपाललाई ब्याटिङको निम्तो ! यो जित कस्को ? ?

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा भइरहेको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

अघिल्लो खेलको टिममा भन्दा नेपाली टोलीमा परिवर्तन भएको छ। सुवास खकुरेल र कुशल मल्ल टिममा आएका छन् भने शरद भेषवाकर र रोहित कुमार पौडेल प्लेइङ ११ मा छैनन्।

कुशलको यो डेब्यु ओडीआई खेल हुनेछ । यसअघि ओमानविरुद्धको खेलमा अर्धशतक बनाएका शरद चोटका कारण बाँकी सिरिजबाट बाहिरिसकेका छन् । उनको स्थानमा वैकल्पिक सूचीमा रहेका सुवाससलाई राखिएको हो ।

टियु क्रिकेट मैदानमा हुने खेलमा दुबै टोली जित्‍ने लक्ष्यसहित मैदानमा उत्रिदैछन्। नेपाल र अमेरिका दुबै टोली पहिलो खेलमा ओमानसँग पराजित भएका थिए।

नेपाली टोली: ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, पारस खड्का, कुशल मल्ल कमलसिंह ऐरी, रोहित कुमार पौडेल, सुशन भारी, शरद भेषावकर र सन्दीप लामिछाने

अमेरिकी टिम : शौरभ नेत्रभाल्कर (कप्तान), स्टेभन टेलर, करिमा गोरे, आयन हल्याण्ड, अक्ष होमराज, एलमोर हचिनसन, आरोन जोन्स, नोथुस केन्जिगे, ज्याभिएर मार्सल, मोनाक पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरुन स्टेभेन्सन, रस्ती थोरन ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.