कानुन मन्त्रि शेरबहादुर तामाङले भ्र’ष्टाचार बि’रूद्ध बोल्दा मन्त्रि पद नै चैट भयो..हेर्नुहोस् ।
सिन्धुपाल्चोक। पूर्वकानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले भ्र’ष्टाचारवि’रुद्ध बोल्दा आफ्नो मन्त्री पद गुमेको बताएका छन्।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले शनिबार आजना गरेको सभामुख अग्निप्रसाद सापकोटाको बधाई कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांसद रहेका तामाङले भ्र’ष्टाचारवि’रुद्ध अभियानमा लाग्ने क्रममा आफुले पद गुमाउन परेको जिकिर गरेका हुन्। बालुवाटारस्थित ललिता निवास बेचेर खाने धेरै रहेका बताउँदै भ्र’ष्टाचारवि’रुद्धको मु’द्दाको फाइल खोल्न आवश्यक रहेको बताए।
भ्र’ष्टाचार नियन्त्रणका लागि ठूलादेखि साना सबैले भ्र’ष्टाचारीको पर्दाफास गर्न आग्रह गरे ।यस अघि बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आ’पत्तिजनक अभिव्यक्ति दिएपछि मन्त्री तामाङ सर्वाधिक विवादमा तानिएका थिए।
उनले डा. गोविन्द केसीको आन्दोलन गलत रहेको पुष्टि गर्ने नाममा बोल्ने क्रममा बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न परेको जस्ता आप’त्तिजनक अ’भिव्यक्ति दिएका थिए । उनको त्यही अभिव्यक्ति उनी आफ्नै लागि गलपासो साबित भएको थियो।